अधिकार सम्पन्न राजश्व वोर्ड आवश्यक छ : चेम्बर अध्यक्ष श्रेष्ठ
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ आइतबार ६:१:५४
२८ मंसिर, काठमाडौं । नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्वर अफ कमर्सबीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ का कारण व्यवसायीक क्षेत्रमा देखिएको शिथिलताबाट राजश्व तथा रोजगारीमा प्रत्यक्ष प्रभाव परेको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चेम्वरको पदाधिकारी तथा विभिन्न समितिका सभापतिहरु र नेपाल राजश्व परामर्श समितिका अदिकारीहरु बीच बिहिवार अन्तक्रिया भएको हो ।
अन्तर्कृयाका क्रममा चेम्बर अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले धेरै वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व सहित अधिकार सम्पन्न राजश्व वोर्ड स्थापनाका लागि सरकार समक्ष पहल गर्दै आएको स्मरण गर्दै हाल गठित नेपाल राजश्व परामर्श समिति सो अनुरुप नभएको औल्याए । अध्यक्ष श्रेष्ठले अधिकार सम्पन्न राजश्व वोर्डको स्थापना हुनु पर्नेमा सो अनुरुप नभएको धारणा व्यक्त गरे ।
कोभिड-१९ महामारीका कारण व्यवसायमा शिथिलता आइ निजी क्षेत्र प्रभाबित भएको उल्लेख गर्दै जनताको अन्तक्रियामा कमी आएको उनले बताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुदाँ व्यवसायीक पारदर्शीता अपनाउन र अनधिकृत व्यापार नियन्त्रण गरी अर्थतन्त्रलाइ चलायमान बनाउन राजश्वमा समसामयिक सुधारको खाँचो रहेको अध्यक्ष श्रेष्ठले बताए ।
व्यापार बिस्तार हुन सकेमा राजश्व तथा रोजगारीमा स्वतः वृद्धि भइ समग्र अर्थतन्त्रमा अनुकुल प्रभाव पर्न जाने भएको धारणा राखेका श्रेष्ठले राजश्वसँग सम्बन्धित समसामयिक सुझावहरु प्रस्तुत समेत गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले विश्व ब्यापार संगठन, विम्स्टेक, साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार भन्सार दरबन्दी घटाउँदै लैजानु पर्ने, कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, दुइ तहको मूल्य अभिवृद्धि कर प्रणाली लागू गरिनुपर्ने राय पेश गर्दै आयकर तथा अन्तशुल्कका बिबिध समस्यावारे अवगत गराए ।
अध्यक्ष श्रेष्ठले राजश्व दाखिला म्याद थप गर्ने, म्याद नाघेका तथा बिक्री अयोग्य वस्तु तथा खराव कर्जामा लागेको मूल्य अभिवृद्धि छुट, उधारो कारोवारमा लागेको मूल्य अभिवृद्धि करको नियमन तथा असुली सम्बन्धमा पनि चेम्बरको तर्फबाट सुझाव पस्किए । यसका साथै भंसार प्रमूखको तजबिजी अधिकारले पनि ब्यापार सहजीकरण हुन नसकेको उल्लेख गर्दै नेपालको जलविद्युत प्रयोग गरी प्रोत्साहन गर्न इन्डक्सन चुल्हो तथा इलेक्ट्रिक गाडीमा महशुल छुट दिइनु पर्ने माग अघि सारे ।
समितिका अध्यक्ष महेश दाहालले राजश्व परिचालन तथा व्यवस्थापन सम्वन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिन तथा सिफारिस गर्न बिकास समिति ऐन अन्तर्गत एक स्थायी संरचनाको रुपमा नेपाल राजश्व परामर्श समिति गठन भएको र बिज्ञ समुहको अध्ययनबाट सिफारिस गरिने भएकाले यसका सुझावहरु वस्तुगत तथा यथार्थपरक हुने बताए । विगतमा बजेट प्रयोजनको लागि मात्र राजश्व परामर्श समिति निश्चित अवधिका लागि कृयाशील हुने गरेको सन्दर्भमा हाल नेपाल राजश्व परामर्श समिति स्थापना भए पश्चात निजी क्षेत्रका माग सम्वन्धमा जुनसुकै वेलामा छलफल तथा अध्ययन गर्ने अवसर प्राप्त भएकोे स्पस्ट पारे ।
त्यसैगरि, राजश्व परामर्श समितिका सदस्य निर्मलहरी अधिकारीले नेपाल राजश्व परामर्श समितिको उद्धेश्य वारे प्रकाश पार्दै चेम्वरबाट प्रस्तुत बिबिध सुझावहरुका सम्वन्धमा बिज्ञ समुहबाट छलफल गराइने बताए । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल,उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल र दीपक मल्होत्राको पनि उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
एयर इन्डिया र नेपाल एयरलाइन्सका श्रमिकको चेतावनी, मर्यादित ज्याला नपाए सेवा ठप्प
बैशाख २४, २०८१ सोमबार
घरजग्गा कारोबार: साढे तीन खर्ब लगानी, व्यवसाय सुस्त
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार