तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार ११:४५:४
वि.सं. २०७७ साल मंसिर ३० गते । मंगलबार । इ.स.२०२० डिसेम्बर १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– प्रतिपदा,२० बजेर २६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–मूल,२३ बजेर २९ मिनेट उप्रान्त पूर्वाषाढा । योग–गंड,२३ बजेर ५७ मिनेट उप्रान्त वृद्धि । करण–किंस्तुध्न,०९ बजेर १७ मिनेट उप्रान्त बव,२० बजेर २६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेटमा,सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २५ घडी ५१ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यतित हुनेछ । बन्द व्यापारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । साथिभाई तथा छिमेकमा असमज्दारी बढ्नेछ । धार्मिक क्षेत्रतिरको यात्रामा मन जानेछ । मायाप्रेममा अबिश्वास बढ्ने तथा जीवन साथिसँग मनमुटाब बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- नसोचेको धन तथा सम्पती हात लागी हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदिबहिनीबाट सहयोग तथा समर्थन पाईनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाईदा हुनेछ । मायाप्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारि प्राप्त हुनेछ । व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यवसायिक यात्रा हुने गतिलो सम्भावना रहेको छ । पढाईलेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । मायाप्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशि रहनेछ । पाहुना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्नेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यवसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्यमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाईलो वातावरणमा दिन कटाउन सकिनेछ । मायप्रेममा नजिक हुने समय रहेकोछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाईलो गरी बिताउन सकिनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्मसम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाडाको यात्रा हुने भएपनि यात्राको क्रममा दुःख पाईनेछ । शरिरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागी वा विदेशी सामानको व्यापार गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- समयमा अर्थ संग्रह गर्न सकिने हुुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार