आइतबार , माघ ४, २०७७

नेपाल लाईफको बम्पर लाभांश, शेयरधनी मालामाल

नेपाल लाईफको बम्पर लाभांश, शेयरधनी मालामाल

७ पुष, काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई ५१ प्रतिशतकाे बम्पर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब रू. ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात रु. ७ अर्ब १९ करोड हुनेछ भने लगानी रू. १०४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा जम्मा रू. १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ६७ हजार ५ सय ६५ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २८ लाख २० हजार १ सय ९६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अब हुम्ला जान पीसीआर रिपोर्ट नभए पनि हुने अब हुम्ला जान पीसीआर रिपोर्ट नभए पनि हुने ४ मिनेट पहिले
बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती १७ घण्टा पहिले
संविधानसभाको अडियो रेकर्ड मगाउन माग संविधानसभाको अडियो रेकर्ड मगाउन माग १८ मिनेट पहिले
राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण गरिने राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण गरिने २ घण्टा पहिले
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला २ घण्टा पहिले
ग्राहक लुटपाट गरेका सिनेट क्लबका मालिकलाई प्रहरीले पक्राउ गरेर पनि किन छाड्यो ? ग्राहक लुटपाट गरेका सिनेट क्लबका मालिकलाई प्रहरीले पक्राउ गरेर पनि किन छाड्यो ? ९ मिनेट पहिले
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? २३ घण्टा पहिले
प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने : मुख्यमन्त्री पोख्रेल प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने : मुख्यमन्त्री पोख्रेल १७ घण्टा पहिले