युवती प्रयोग गरी फिल्मीशैलीमा लुट्ने गिरोह सक्रिय
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार १:२९:४३
८ पुष, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले फिल्मी शैलीमा लुट्ने गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ । कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले चोभार पुर्याई लुटपाटमा संलग्न गिरोहका नाईके पक्राउ परेका छन् ।
गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कबाट मोटरसाइकलमा कलंकी जान लागेका थिए । सिन्धुली कमलामाई नगरपालिका २ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन् ।
युवतीले उनलाई कलंकी पुर्याइदिन भनिन् र भोलाबहादुरले युवतीलाई कलंकी पुर्याइदिए । युवतीले फेरि अनुरोध गर्दै फेरि भोलालाई चोभारसम्म पुर्याइदिन अनुरोध गरिन् । भोलाबहादुर पनि युवतीको अनुरोध मानेर चोभार पुगे ।
तर, चोभार पुग्दा त्यहाँ अन्य दुईजना युवा बसिरहेका थिए । त्यहाँ पुगेपछि भोलालाई नियन्त्रणमा लिए । उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लुटेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।
लुटेसँगै युवती लिएर उनीहरू फरार भएका थिए । नाटकीय लुटपाटपछि भोलाबहादुर महानगरीय अपराध महाशाखामा उजुरी गर्न आएको थापाको भनाई छ ।
त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ ।
घटनामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
बैशाख २४, २०८१ सोमबार
चाँदीका गहनासहित एक जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार