ओलीको पद अस्वीकार गर्नेहरु बढ्दै
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार २०:२८:२५
९ पुष, काठमाडौं । पार्टी विभाजनको क्रममा प्रधानमन्त्री केपी ओली गुटले अनेक टिकडम गरेर केन्द्रीय कमिटी संख्या बढायो । ११९९ जना रहने जम्बो महाधिवेशन आयोजक कमिटी भन्दै मौजुदा कमिटीमा ५५६ जना तत्कालै सदस्य थपिए ।
यति गरेपछि निर्वाचन आयोगमा नामाबली पठाइएपछि पार्टीको आधिकारिकता पाउने विश्वास ओली पक्षलाई छ । किनभने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ओलीका भित्रिया हुन् । यस्तै भर्खरै संवैधानिक परिषदमार्फत दुई जनालाई आयुक्त सिफारिश गरिएको छ । यिनै आधारमा ओली पक्ष ढुक्क छ– पार्टीको आधिकारिकता पाइन्छ भन्नेमा ।
नभन्दै आयोगको गतिविधि र काम गर्ने तौरतरिकाले यस्ता आशंकालाई बल मिलेको छ । दुनियाँले जेसुकै भनुन् तर आयोगले निर्लज्ज ढंगमा ओली पक्षलाई पार्टीको आधिकारिकता र चुनाव चिन्ह् दियो भने अनौठो नमाने हुने अवस्था छ ।
त्यही आधारमा केही समय कतै नखुलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्ततः ओली पक्षमा जान राजी भए । बादललाई लाग्यो– अब सबै प्राप्ति ओलीसँगै रहँदा मात्रै हुने छ । त्यसैले होला आफ्ना सेनामेना छाडेरै भएपनि बादल ओली कित्तामा पुगेका छन् । तर केही नेताहरु भने ओलीको लालचबाट प्रभावित हुन सकेनन् । ओलीले केन्द्रीय सदस्य थपेका कतिपयले ठाडै अस्वीकार गरेका छन् ।
उनले नियुक्त गरेकामध्ये दुई दर्जनले त पद लिन अस्वीकार गरिसकेका छन् भने यो बढ्ने क्रममा रहेको देखिन्छ । साथै, केही प्रभावशाली नेताहरु पनि ओली समूह छाडेर मूल प्रवाहमै लागेका छन् । यस्तो सूचीमा पूर्वमन्त्री शेरबहादुर तामाङ र पत्नी उषाकिरण राई मात्र होइन ।
ओलीले बनाएका केन्द्रीय सदस्यहरुमध्ये अस्वीकार गर्नेहरु लोकप्रिय नेताहरु रहेको बताइन्छ । जसमा ताप्लेजुङका डम्बरसिंह सम्बाहाम्फे , प्रदेश नं. १ का सामाजिक मामला राज्यमन्त्री जसमाया गजमेर, रुपन्देहीका नेत्र पन्थी, गुल्मीका गगन विष्ट लगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार