बेसारपानी खानुका यी हुन् १० अमूल्य फाइदा
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २३:२६:४८
२१ पुष, काठमाडाैं । बेसारमा प्राकृतिक रुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शक्तिशाली एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु नष्ट हुनबाट जोगाउँदछ र शरीरमा कोशिका निर्माण तीव्र बनाउँदछ ।
जानौं, यी बाहेक अन्य फाइदाहरु:
१.दिमाग तीक्ष्ण बनाउँछ : हल्का मनतातो पानी र बेसार विहानको समयमा पिउने हो भने यसले हाम्रो दिमागको तीक्ष्णता विकास गर्दछ र अधिक क्रियाशील बनाउँछ ।
२.जलन कम गर्छ : यदि शरीरमा सुनिने र जलन हुने समस्या छ भने बेसारपानी पिउनुस् । यसमा हुने कुर्कुमिन तत्वले सुनिने, जलन हुने तथा जाेर्नीको दुखाई हुने समस्याबाट मुक्त गर्दछ । यी समस्याका लागि बेसारपानी अचूक मानिन्छ ।
३. मृगौला क्रिया चुस्त बनाउँदछ : बेसारपानीको प्रयोगले मृगौलाको क्रियाकलापलाई चुस्त राख्दछ । यी रोगीका लागि औषधीभन्दा कम छैन बेसारपानी । यसले मृगौलामा भएको खराब कोषहरु नष्ट गरी मृगौलाको कार्यसञ्चालन चुस्त बनाउँदछ र संक्रमण हुनबाट रोक्छ ।
४. हृदयराेगको समस्यामा फाइदाजनक : हृदयराेग समस्याका विरामीले बेसारपानी पिउन जरुरी छ । यसले रगतलाई बाक्लो हुन बचाउँदछ । जसकारण हृदयघातकको जोखिमलाई न्यून गर्दछ ।
५.सुन्दरता बढाउँदछ : बेसारपानीमा कागती र मह मिलाएर पिउने हो भने शरीरमा भएका विषाक्त पदार्थहरु शरीरबाट बाहिर निस्कन्छ । यसरी पानी पिउँदा शरीरमा कोष ताजा भइराख्छ र उमेरको प्रभाव बढ्न दिँदैन । बेसारमा हुने स्वतन्त्र रेडिकल्सहरुले सुन्दरतालाई बढावा दिन्छ ।
६.पाचन राम्रो बनाउँछ : बेसारपानीले पाचन प्रक्रिया सुधार गर्न मद्दत गर्दछ । यसमा हुने एन्टी एक्सीडेन्ट र एन्टी इन्फ्लेमेटरीतत्वले पाचन राम्रो बनाउँदछ र ग्याँस हुन दिंदैन ।
७. प्रतिरक्षा विकास गर्दछ : मनतातो बेसारपानीले शरीरमा प्रतिरक्षा क्षमता विकास गरी रुघाखोकी जस्ता सामान्य रोगहरु तत्काल निको पार्दछ । यतिमात्र नभई यसले विभिन्न किसिमका क्यास्रका रोगको सम्भावनालाई न्यून गरी क्यान्सर हुनबाट बचाउँछ ।
८.मोटोपन घटाउँछ : बसोरको सेवनले मोटोपनमा पनि राहत पाउन सकिन्छ । यसमा हुने करक्यूमिन तत्व शरीरमा घुलेर चिल्लोपदार्थ विकास गर्ने तत्वहरु बन्नबाट रोक्दछ ।
९.दुखाईमा राहत : बेसार शरीरमा हुने दुखाई कम गर्न एकदमै उपयुक्त मानिन्छ । हड्डी टुटेमा, मर्किएमा तथा अन्य चोटपटकमा फाइदाजनक हुन्छ । यसका निम्ति दुध र बेसार मिलाएर पिउनु फाइदाजनक हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ जुन हृदयसम्बन्धिका रोगसँग सम्बन्धित हुन्छ ।
१०. बढ्दो उमेरको असर कम गर्छ: बेसारको दैनिक प्रयोगले उमेरको असरलाई कम गर्दछ । दुधमा मिलाएर पिउनु छालाका लागि राम्रो मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार