आइतबार , माघ ४, २०७७

आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने

आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने

२३ पुष, काठमाडौं । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने नि: शुल्क  गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए। पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? २३ घण्टा पहिले
आरटीजीएस प्रणालीको कारोबारमा पुरानै शुल्क लाग्ने आरटीजीएस प्रणालीको कारोबारमा पुरानै शुल्क लाग्ने २२ घण्टा पहिले
रिट निवेदनमाथि आइतबारदेखि निरन्तर सुनुवाइ हुने रिट निवेदनमाथि आइतबारदेखि निरन्तर सुनुवाइ हुने १५ घण्टा पहिले
भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट ३ घण्टा पहिले
विश्वमा महामारीका कारण आप्रवासन अवस्थामा ३० प्रतिशतले कमी विश्वमा महामारीका कारण आप्रवासन अवस्थामा ३० प्रतिशतले कमी २३ घण्टा पहिले
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला २ घण्टा पहिले
यही माघ ९ गते नेकपा प्रचण्ड–नेपाल समूहले जनप्रदर्शन गर्ने यही माघ ९ गते नेकपा प्रचण्ड–नेपाल समूहले जनप्रदर्शन गर्ने १६ घण्टा पहिले
संविधानसभाको अडियो रेकर्ड मगाउन माग संविधानसभाको अडियो रेकर्ड मगाउन माग १९ मिनेट पहिले