महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि हुने
नेपालबहस संवाददाता
पुस २३, २०७७ शुक्रबार ३:७:४४
२३ पुष, काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताए । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उनले उल्लेख गरे ।
आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिए । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ ।
एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो ।
यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार