बिहिबार , माघ १५, २०७७

भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

२४ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय