कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार १८:४९:५५
९ माघ, कास्की । जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु संक्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।
पोखरामा–१५ र माछापुच्छ्रेको वडा नं ३ र ४ मा एक/एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेको बताइन्छ । सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताए ।
रोग नियन्त्रणका लागि कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको पशु सेवा विभाग, केन्द्रीय भेटेरेनरी प्रयोगशाला, विज्ञ केन्द्र तथा महानगर पशु सेवा महाशाखाबाट पशु चिकित्सक तथा विज्ञ प्राविधिकको टोलीले रोग फैलिएको क्षेत्रमा अनुसन्धान तथा रोकथाम, नियन्त्रणको काम गरिरहेको उनको भनाइ छ । पशु चिकित्सक शर्माले भने, “खोरेत फैलिएको सूचना आएलगत्तै रोग देखिएका क्षेत्रमा भ्याक्सिन लगाउन शुरु गरेका छौँ । रोग फैलँदै गएको र महामारीका रूप लिन सक्ने सम्भावनातर्फ सचेत रहँदै कृषकलाई समेत सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गर्दै पशुको आवतजावतको कार्य कम गर्न भनेका छौँ ।”
पोखरा महानगरपालिका पशु महाशाखाका अनुसार महानगरको वडा नं ७, १४, २६, २७ र वडा नं ५ का १५ पशु फार्म तथा गोठमा खोरेत रोग देखापरेको अहिलेसम्म पुष्टि भएको छ । रोग नियन्त्रण र रोकथामका लागि सबै वडामा पशु प्राविधिक परिचालित भएको र निःशुल्क खोप लगाउने तथा रोग लागेको पशुलार्ई निःरोगी पशुबाट टाढा राख्ने, जैविक सुरक्षा र सरसफाइका कार्य भइरहेको महाशाखा प्रमुख नवराज अधिकारीले बताए ।
प्रकोप नियन्त्रणका लागि रोग देखिएको क्षेत्रमा विभिन्न ३२ टोली बनाएर भ्याक्सिन लगाउने, जैविक सुरक्षाका उपाय चुना, भिरकोन, फिनेल छर्ने र सरसफाइ गर्ने कार्य भइरहेको जानकारी दिँदै उनले हालसम्म १२ हजार ३५० पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए ।
यसैगरी जिल्लामा अहिले पशुमा कृत्रिम गर्भाधान सेवासमेत स्थगन गरिएको छ । कृत्रिम गर्भाधानकर्ता फार्म तथा गोठमा सेवा दिन जाँदा एक ठाउँबाट अर्को ठाउँमा अझ रोग फैलन सक्ने भएकाले गर्भाधान सेवा केही समयका लागि स्थगन गरिएको भेटेरेनरी अस्पतालले जनाएको छ । खोरेत लागेपछि पशु झोक्राउने, मुखबाट र्याल काढिरहने, खुट्टा पाक्ने, दूध घटाउँदै जाने, घाँसदाना नखानेलगायतका लक्षण देखिने गरेको कृषकले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार