पुनः जन्म पाएको ११ चिनियाँ श्रमिकको उद्धार भएपछि महशुस
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १२:४२:१०
१४ माघ, बेइजिङ । खानीमा फसेका ११ चिनियाँ श्रमिकको उद्धार भएपछि उनीहरूले आफूहरूले पुनः जन्म पाएको महशुस गरेको बताएका छन् भने खानीमा फसेका अझै एकको अवस्था अज्ञात रहेको छ भने १० जना मृत भेटिएका छन् ।दुई हप्ता पछि आफूहरूलाई नाटकीय रूपमा उद्धार गरेपछि आफूहरूलाई यो घटना एउटा सपनाजस्तो लागेको उनीहरूले बताएका छन् ।
‘मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ,’ खानीमा जनवरी १० मा फसेकामध्ये उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ । अस्पतालमा उपचार गराइरहेका डु लामो समयपछि आफूलाई जीवितै उद्धार गर्ने अधिकारीहरूप्रति खुशी प्रकट गर्दै भने, ‘मैले एउटा सपना देखेजस्तो भएको छ जसमा म आफै मृत्युलाई जितेर पुनः यस धर्तीमा आउने अवसर पाएको महशुस भएको छ ।’
उनले भने, ुपहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ । डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो ।
उद्धार गरिएका अर्का श्रमिले भने, ‘यति गहिराईसम्म चट्टान खनेर उद्धार गर्नु कम चुनौतीपूर्ण काम थिएन । हाम्रो उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण टोलीप्रति हामी कृतज्ञ छौँ ।’ खानीमा फसेकामध्ये टाउकोमा चोट लागेका एक श्रमिकको गत हप्ता मृत्यु भएको थियो भने अन्य नौ जना गत सोमबार मृत अवस्थामा फेला परेका थिए । अझै एक व्यक्तिको अवस्था अज्ञात रहेको र उनको खोजी भइरहेको छ ।
उद्धार गरिएका सबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरूको स्थानीय उक अस्पतालमा उपचार भइरहेको छ । खानीमा रहँदा श्रमिकहरूले एक अर्कालाई आश्वासन दिँदै सबैको उद्धार हुने बताउने गरेको तर आफू भने भोकले खानी भित्रै मरिने हो कि भन्ने अवस्थामा पुगेको डु ले बताए । जमिनको सतहबाट पुगेको खाना, औषधि र फोनले आफूहरूमा बाँकि जीवन जीउने आशा पलाएको उनले बताए । ‘एएफपी’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता
बैशाख २८, २०८१ शुक्रबार
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दिनहुँ सेवनकर्ता र कारोबारी पक्राउ
बैशाख २९, २०८१ शनिबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैशाख २९, २०८१ शनिबार