कालीबहादुर खामः ओली-प्रचण्ड दुवैका प्रिय
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १६:१७:६
१४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश र सुदुरपश्चिमको भेलामा प्रहरीको नजरमा फरार रहेका पूर्व माओवादीका विग्रडियर कमाण्डर कालिबहादुर खामको चर्चा गरे । गृहमन्त्री रामबहादुर थापालाई अगाडि राखेर यतिबेला म कालिबहादुर खामहरुलाई सम्झिरहेको छु भनेका थिए । त्यसपछि गृहमन्त्री थापाकै साथ लागेर बालुवाटार छिरेका खामलाई प्रधानमन्त्रीले केन्द्रीय सदस्य बनाउने र प्रहरीमा भएको मुद्धा फिर्ता गर्ने आश्वासन दिएको स्रोतको दावी छ ।
त्यतिबेलाको भेटपछि खामले द्वन्दपीडित र माओवादी जनयुद्धमा घाइते तथा अपांगता भएका नागरिकलाई सरकारले राहत दिन सके यो सरकारप्रति पूर्व माओवादीहरु आकर्षित हुने बताएका थिए । त्यसमा प्रधानमन्त्री र गृहमन्त्री समेत सहमत रहेका छन् । त्यसको लगत्तै खाम कोहोलपुरको एक कार्यक्रममा देखिएका थिए । अहिले खाम र धनबहादुर मास्कीले पूर्व माओवादीका नेता कार्यकर्ताहरुलाई ओली समूहमा लाग्न र रामबहादुर थापा बादललाई सहयोग गर्न लागिरहेका छन् ।
यो थाहा पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक कार्यक्रमहरुका खामको नाम लिन थालेका छन् । एकप्रकारले भन्ने हो भने गुमनाम रहेका खाम यतिबेला सत्ता पक्ष र सत्ताइतरका नेताहरुको आँखामा परेका छन् । माओवादीका जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खाम प्रहरी वृत्तमा भगौडा र फरार सूचीमा रहेका एक अपराधी हुन् तर गृहमन्त्रीसँगै बालुवाटारमा प्रवेश पाएपछि भने उनी अहिले सार्वजनिक हुन थालेको कोहोलपुरको एक कार्यक्रममा उनी देखिएपछि पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य कस्दै खोई कहाँ छन् कालीबहादुर खामहरू ? संरक्षण गरेका छन् ? भनेर टिप्पणी गरेका थिए। त्यसको जवाफ दिँदै गत हप्ता राजधानीमा भएको आमसभामा प्रचण्डले भने, ‘उसको मुद्दा मिलाउनका निम्ति मैले काम गरिरहेकै थिएँ’ भनेर सान्त्वना दिन खोजेको जस्तो देखिन्छ ।
तर उनले खामलाई आफूले नै हुर्काएको हुनाले आमको दूध चुसेर भएन बाबुको घुडो चुस्ता झन् केही नहुने भन्दै ओलीतिर नजानसमेत संकेत गरेका थिए । ‘जसलाई मैले १० बर्षसम्म स्कुलिङ गराएर युद्धमा कमान्डर बनाएँ अब तिनको रक्षा ओलीले गर्ने अरे। सुन्दै अचम्म लाग्छ । आमाको दूध चुसाएर भएन बाउको घुँडो चुस्दा के रस आउला र ?’ प्रचण्डले भने ।
प्रचण्डले ओली पक्षले भनेको साइबर सेनालाई ‘साइबर स्यालहरू’को संज्ञा दिए । ओली अहिले एक नम्बरमा आफूलाई सिध्याउने खेलमा लागेको बताएका उनले भने, ‘केही पूर्वमाओवादीहरुले खरानी घसेको देखेर म त छक्क परेको छु । ति भगौडा अहिले ओलीतिर छन् । ओली अहिले एक नम्बरमा प्रचण्डलाई सिध्याउने खेलमा छन् ।’
ओलीको कदम सदर भयो भने शान्ति प्रक्रिया भंग हुने प्रचण्डको चेतावनी दिएका छन् । उता रामबहादुर थापा भने पूर्व माओवादी कमाण्डहरुलाई ओली पक्षमा भित्राएर आफू नेता हुने दाउपेचमा लागिरहेका बेला खामको विषयलाई लिएर ओली र प्रचण्डको दोहोरी नै शूरु भैसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार