बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १६:८:१५
१४ माघ, म्याग्दी । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गलबारदेखि सवारी साधनको अस्थायी रुट परमिट जारी गर्न थालेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको २०७७ मङ्सिर ८ गतेको सचिवस्तरीय निर्णयअनुसार म्याग्दी र पर्वतस्थित पूर्वाधार विकास कार्यालयबाट अस्थायी (पटके) रुट परमिट जारी गर्ने निर्णय भएको थियो ।
सो निर्णयअनुसार बेनीस्थित पूर्वाधार कार्यालयले मङ्गलबारदेखि पटके रुट परमिट जारी गर्न शुरु गरेको कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । इजाजत पाएको भन्दा बाहिरी क्षेत्रको सडक प्रयोग गर्दा सवारी साधनले प्रतिकिलोमिटर रु दुईका दरले पटके रुट परमिट लिनुपर्ने नियम छ । “मन्त्रालयले मौजुदा कर्मचारीबाटै काम गर्ने गरी पटके रुट परमिट जारी गर्ने अधिकार दिएको छ”, पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले भने, “यातायात व्यवस्था र सेवा कार्यालय नभएको जिल्लामा पूर्वाधार विकास कार्यालयलाई पटके रुट परमिट दिने जिम्मेवारी प्रदान गरिएको छ ।”
यसअघि बाहिरी जिल्लाबाट यहाँ आउने र यहाँबाट बाहिर जाने सवारी साधनका लागि अस्थायी रुट परमिट लिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङ पुग्नुपर्ने समस्या थियो । बागलुङ जान अपायक पर्ने र असुविधा हुने गरेको थियो । यो सुविधाबाट धवलागिरि क्षेत्रका सडकमा गुड्न अनुमति पाएका सवारी साधन पोखरालगायत जिल्लामा जाने क्रममा अस्थायी रुट परमिट लिन सहज हुने अपेक्षा गरिएको छ । नीलगिरि यातायात प्रालिका अध्यक्ष विजय थापाले बेनीमै पटके रुट परमिट पाउने सुविधाले व्यवसायीलाई सहज भएको बताए ।
“पोखरा जाने क्रममा पटके रुट परमिट लिन बागलुङ पुग्नुपर्ने अथवा जरिवाना तिर्नुपर्ने समस्या हटेको छ”, उनले भने, “कार्यालय समयभन्दा बाहिरको समयमा पनि अस्थायी रुट परमिट दिने सुविधा भए अझै प्रभावकारी हुने थियो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार