संरक्षक नै गुमाएपछि….
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार १९:२५:७
१४ माघ, धादिङ । कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए ।
उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ वद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका–३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी आधारभूत विद्यालय खानी गाउँको हो ।
यो विपन्न बालबालिका पढ्ने विद्यालयको रुपमा परचित छ । एउटा पातलो लुगामा देखिएका चार वर्षीय सिर्जन प्रजा यहाँ पढ्छन् । उनको बाबुले दुई वर्ष अघि आत्महत्या गरे । बाबुको मृत्युपछि भूकम्पले भत्काएको घर पुनः निर्माण प्राधिकरणको सहयोगमा बनाउँदै गर्दा आमा ६ महिना अघि विवाह गरेर गएपछि सिर्जन अब टुहुरा भए । ६ वर्षीया दिदी आक्रेसी र ११ वर्षीया आक्रोसी उनका अभिभावक भएका छन् जो सँगै विद्यालय आउजाउ गर्छन् ।
एकसरो लगाउने लुगा छैन । मैलो भएको लुगा, अनुहारमा समेत निन्याउरो पार्दै विद्यालय आएका उनीहरु कहिलेकाहीँ मात्र घरमा खाना खाएर आउने गरेको उनीहरुले राससलाई बताए । घरमा कोही नभएपछि मामाघर वृद्ध हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था टिठलाग्दो र दयनीय छ । जसको अब कोही नभए पनि पढ्नमा भने अब्बल रहेको र विद्यालयको उत्कृष्ट विद्यार्थी रहेर पनि सबै किसिमको सहयोग गर्न नसकिएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताउनुभयो ।
त्यहाँ अध्ययन गर्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गङ्गा र जमुना मगरको आमाले एक वर्षअघि गरिबीले आत्महत्या गरेकाले सहाराविहीन बन्न बाध्य भए । उनीहरुको अभिभावक भनेको कक्षा २ मा पढ्ने दावा र कक्षा ३ मा पढ्ने गीता मगर मात्र हुन् । चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदूरी गर्छन् । कहिलेकाँही मात्र घरमा खाने कुरा ल्याउछन् । धेरैजसो घरमा आउँदैनन् । खाने कुरा अभावमा उनीहरु धेरैजसो खाली पेट विद्यालय आउँछन् । भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुर्छन् ।
उनीहरुको बाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनीहरु गरिबीसँग जुधेर भए पनि पढाइमा भने अब्बल छन् । विद्यालयले दिने खाजाका लागि आउने र पढाइमासमेत राम्रो भएका चेपाङ र मगर परिवारका बालबालिका अवसर पाए प्रगति गर्नसक्ने क्षमता भएका विद्यार्थीमध्ये रहेको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर लोहनीले बताए ।
चरम गरिबीले सरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगी र अन्य दाताहरुलाई सहयोग उपलब्ध गराउने वातावरण बनाउन विद्यालयका शिक्षकहरुले आग्रह गरेका छन् । विद्यालयमा ३० दलित, सात चेपाङ, २९ जनजाती र अन्य ३६ गरी १०२ बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लोहनीले जानकारी दिए । विद्यालयमा ४५ छात्रा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
तपाइहरु आजै मिल्नुसः सभामुख
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार
जसपाले गरायो सभामुखलाई समर्थन फिर्ताको जानकारी
बैशाख ३१, २०८१ सोमबार