आइतबार , फागुण २३, २०७७

नयाँ सञ्चालक समिति चयन गर्दै ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

नयाँ सञ्चालक समिति चयन गर्दै ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

१४ माघ, काठमाडौं । ज्योति विकास बैंकको १३ औं वार्षिक साधारणसभा आज माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड(१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।

उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साथै, साधारणसभाले ज्योति विकास बैंकका संस्थापक शेयरधनी समुहको तर्फबाट हरि प्रसाद , हरिचन्द्र खड्का , सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय