पर्यटकलाई आकर्षित गर्दै टिकटक पार्क
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २३:१८:४
१६ माघ, तनहुँ । व्यास नगरपालिका–१० परेवा डाँडामा निर्माण गरिएको टिकटक पार्क सञ्चालनमा ल्याइएको छ । पिजन हिल रेष्टुरेन्ट एन्ड लजले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने हेतुले टिकटक ‘मनोरञ्जन’ पार्क सञ्चालनमा ल्याइएको हो ।
पिजन हिल रेष्टुरेन्ट एन्ड लज नजीकै वडा कार्यालयले परेवाको मूर्ति स्थापना गरेको छ । परेवाको मूर्तिसँग फोटो खिचाउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि पिजन हिल रेष्टुरेन्टका सञ्चालक विवेक सापकोटाले व्यक्तिगत लगानी गरी पर्यटकलाई आकर्षण गर्ने संरचनाहरु निर्माण गरेको छ ।
पर्यटकको चहलपहल बढ्दै गएपछि मादीनदी किनारमा लट्ठे पिङ, टिकटक पार्क, भ्यू टावर, गुफाभित्र कफी शपलगायत संरचनाहरु निर्माण गरिएको पिजन हिल रेष्टुरेन्ट एन्ड लज सञ्चालक विवेक सापकोटाले बताउनुभयो । व्यापारिक मात्र नभईकन मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पार्कहरु निर्माण गरिएको छ । मानिसका लागि मन भुलाउने एकान्तस्थलका रुपमा विकास गर्न लागिएको हो । उनका अनुसार हालसम्म रु ८० लाख लगानी भइसकेको छ । अझै स्वीमिङ पुल, फनपार्कलगायत काम गर्न बाँकी रहेको उनले बताए । व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याइएको पार्कले यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढाउने विश्वास गरिएको छ ।
दमौली बजारबाट करीब ६ किलोमिटरको दूरीमा रहेको उक्त पार्क निकै आकर्षक रहेको छ । उक्त मनोरञ्जन पार्कमा बालबालिकाका लागि, पिङ, स्लाइड, झोलुङ्गो र अन्यको लागि पिङ, टिकटक बनाउनका लागि आकर्षकस्थल निर्माण गरिएको छ ।
विभिन्न चराचुरुङ्गी, जनावर तथा देवीदेवताका मूर्तिहरु कलात्मकरुपमा निर्माण गरिएको पार्कमा बसेर स्थानीय विभिन्न परिकारको स्वाद लिँदै मादीनदीको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ । वडाध्यक्ष तुलसीराम सापकोटाले उक्त पार्कको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
परेवाको मूर्ति निर्माण
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोही वडास्थित परेवाडाँडामा परेवाको मूर्ति निर्माण गरिएको छ । मादीनदीकोस्थित पहरोमा परेवाहरु बस्ने गरे पनि पछिल्लो शिकार गर्दा विस्थापित भएपछि त्यसको संरक्षण गर्न वडाले परेवाको मूर्ति निर्माण गरेको हो । पार्कको अगाडिको भागमा परेवाको मूर्ति निर्माण गरेपछि दैनिक आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हुँदै गएको छ ।
उक्त वडाभित्र रहेका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष सापकोटाले बताए । उनले भने, “ऐतिहासिकस्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।”
मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको र जोडीको मूर्ति निर्माणमा करीब रु ६ लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको हो । उक्त परेवाको सात फिट लामो र करीब तीनदेखि चार टनसम्मको तौलको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार