खानेपानी योजना शुरु,स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १५:३:४४
१८ माघ,काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १० करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँचवटा योजना निर्माण शुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।
स्किम–१ अन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुनेछ ।
बृहत् खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुनेछन् । इञ्जिनीयर पौडेलका अनुसार स्किम–१ बाट कटहरेका ८६, स्किम–२ अन्तर्गत पुट्टारका ८५, स्किम–३ अन्तर्गत बैडीका २४२, स्किम–४ अन्तर्गत भन्टारका ३९ र स्किम–५ अन्तर्गत अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् । सबै खानेपानी योजनामा स्थानीयवासीले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । योजना निर्माणका लागि विसं २०७७ असार २४ गते लमजुङको पराजुली कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको छ । सबै योजनाको सम्पन्न गर्नुपर्ने म्याद विसं २०७९ असार २४ सम्म रहेको छ ।
कटहरेमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी निर्माण, धारालगायतका काम सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष गणेश ठकुरीले जानकारी दिएका छन् । पुट्टारमा इन्टेक सम्पवेल, पम्पहाउस, ३५ घनमिटर आरसिसी पानीपोखरी, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष विजय भट्टराईले जानकारी दिएका छन् । बैडीमा इन्टेक सम्पवेल, पम्पहाउस, १५० घनमिटर आरसिसी पानीपोखरी निर्माण, सोलार फिटिङ, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुने उपभोक्ता समितिका अध्यक्ष केशवराज पोखरेलले जानकारी दिए ।
भन्टारमा इन्टेक, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ भने अत्रौलीमा पानी प्रशोधन केन्द्र, क्रसिङ, भल्भ च्याम्बर, धारा, पाइप तथा फिटिङ्स खरिदको काम हुनेछ । यस अगाडि उक्त ठाउँमा एउटा धाराबाट आठ÷दश घरधुरीका स्थानीयवासीले खानेपानी उपभोग गर्दै आएका थिए । बृहत् खानेपानी योजना निर्माण शुरु भएर घरघरै धारा जडान हुने भएपछि स्थानीयवासी खुशी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार