मनी चेञ्जर पोखराकाे अध्यक्षमा रुपकराज मिश्र निर्वाचित
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १७:६:०
१८ माघ,काठमाडौं । मुद्रा सटही व्यवसायी सङ्गठन मनी चेञ्जर पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताएका छन् । उनले भने, “मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक रु तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क रु एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।” उनले कोभिड –१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताएक छन् ।
यसअघि साधारण सभाको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताएका थिए । पहारीले भने, “दैनिक १८ घण्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा परेका छन्, अब परिस्थिति सामान्य हुँदैछ, विचलित नभई व्यवसायमा लाग्नुस् ।” उनले पर्यटकलाई प्रत्यक्ष सेवा दिने व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन राज्यले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
शनिबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिने बताएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गरेका थिए ।
सरकार आफैँले ल्याएका नीतिनियम पनि समयमै कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रका व्यवसायीले निकै समस्या भोग्नुपरेको जनाउँदै उहाँले मौद्रिक नीति र व्यवसाय सञ्चालन कोष अविलम्ब कार्यान्वयन गर्न आग्रह गरेका थिए । सङ्गठनमा पोखरामा मुद्रा सटही व्यवसायमा संलग्न ४२ कम्पनी सदस्य रहेको सङ्गठनका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार