राष्ट्रिय भूकम्प मापन केन्द्रका अधिकारीलाई विद्यावारिधि
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार २२:१६:४६
१८ माघ,काठमाडौ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गरेका छन् । अधिकारीले फ्रान्सको पेरिस विश्वविद्यालयबाट आफूले विद्यावारिधि उपाधि प्राप्त गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।
“अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर अब, भूकम्प जान्छ कि जाँदैन सर यी दुई प्रश्न २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछिका केही महिनासम्म मलाई धेरै सोधिएका र मैले धेरै उत्तर दिएका प्रश्नहरु हुन् । गोरखा भूकम्प र त्यसका परकम्पका बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वविद्यालयले मलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ”, अधिकारीले लेखेका छन् ।
अधिकारीले दुई दिनअघि यो उपाधि पाएका हुन । उनीसंगै जापानको टोकियो विश्वविद्यालयबाट विभागकै सिस्मोलोजिस्ट मुकुन्द भट्टराईले पनि विद्यावारिधि गरेका छन् ।
भट्टराईले गोरखा भूकम्पपछि काठमाडौँको भूकम्पीय जोखिम सङ्कलन गरी त्यसले भौतिक संरचनामा पार्ने प्रभावका विषयमा विद्यावारिधि गरेका हुन । भट्टराईले एक महिनाअघि विद्यावारिधि गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
नदीहरूमा जलमार्ग बनाएर पानीजहाज चलाइने, कोरिडोर निर्माणमा विशेष ध्यान दिने
जेठ १, २०८१ मंगलबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
जेठ १, २०८१ मंगलबार