रुपन्देहीमा लगत संकलन एकाइ कार्यालय स्थापना
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १७:४०:३५
१९ माघ, बुटवल । रुपन्देहीको सैनामैनामा भूमिसम्बन्धी समस्या समाधान आयोग लगत संकलन एकाइ कार्यालय आजदेखि स्थापना भएको छ । भूमिहीन लक्ष्मी दमाइँको लगत फाराम गणकमार्फत नगरप्रमुख चित्रबहादुर कार्कीले बुझेर सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कार्य शुरु भयो ।
सो अवसरमा नगरप्रमुख कार्कीले भूमिहीन दलित वा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास भएकालाई जग्गा उपलब्ध गराउनेकार्य स्पष्ट कानूनसहित अघि बढेको जानकारी दिँदै लगत संकलनमा लाग्न गणकलाई आग्रह गरे । “जग्गाधनी पूर्जा उपलब्ध गराउने नियम र कानूनअनुसार यो कार्य अघि बढेको छ”, नगरप्रमुख कार्कीले भने । माघ महिनाभरि अव्यवस्थित बसोबासको लगत संकलन गर्ने र भूमिहीन दलित वा भूमिहीन सुकुम्वासीलाई आवासका लागि एक कठ्ठा र कृषिलाई ६ कठ्ठासम्म जग्गा उपलब्ध गराउने कानूनी व्यवस्था भएबमोजिम प्रक्रिया पुर्याएर वितरण गरिने उनले बताए ।
“भोगचलान गरेका भनी आफूसँग भएको प्रमाणसहित लगत सङ्कलन गरी पाँउ भनेर एउटा निवेदन दिनुहोस्”, नगरप्रमुख कार्कीले भने । “जग्गा नापजाँचको काम हुन कानूनी प्रक्रियापछि जग्गा उपलब्ध गराउन लेखापढी गर्न पठाउने छाैं, त्यसपछि पूर्जा वितरण हुनेछ”, उनले जानकारी दिए ।
भूमिसम्बन्धी समस्या समाधान आयोगसँग सैनामैना नगरपालिकाले सम्झौता गरेलगत्तै सैनामैनामा सो काम शुरु भएको हो । सैनामैनामा नगरभित्रको १०७ टोल विकास संस्थाबाट गणक छनोट गरी उनीहरुलाई आवश्यक परामर्श तथा अभिमुखीकरण प्रदान गरिएको छ । नगरस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति र वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन भइसकेको छ । भूमिसम्बन्धी समस्या एकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाललाई तोकेको छ भने अधिकृत सन्तकुमार चौधरी र केवशराज अर्याल नगरस्तरीय कार्यालयबाट खट्नुहुने छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले यही माघ ९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको छ । आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालयमार्फत् घरदैलोमा खटिएका लगत सङ्कलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याईं गर्ने प्रमाण कागजात सिधैँ पेश गरिसक्नुपर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
बैशाख १८, २०८१ मंगलबार
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार