आज तराईका केही स्थानमा हुस्सु-कुहिरो !
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १५:७:५८
२१ माघ, काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले बुधबार आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाको आजको मोसमी बुलेटिन अनुसार तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको जनाइएको हो ।
मौसमी बुलेटिन अनुसार नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको छ ।
आज बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बदली हुने सम्भावना छ । पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ । पश्चिमी वायुको प्रभाव आउँदो शनिबारदेखि कमजोर हुँदै जाने छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २१ गते (बुधबार)
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
माघ २२ गते (बिहिबार)
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।
राती: देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भु–भागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ।
माघ २३ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार