पूर्वमाओवादी लडाकूलाई फकाउने ओलीको नयाँ चाल
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १८:२३:३३
२१ माघ, काठमाडाैं । नेकपा विभाजनको प्रभाव दुबै खेमालाई परेको छ । बहुमत प्रचण्ड–माधव पक्षमा देखिएपनि ओली पक्षले रणनीतिक शैलीमा संगठन विस्तार गर्न जोड दिएको छ । प्रधानमन्त्री केपी ओली नेकपाभित्र अल्पमतमा देखिएपनि पूर्व माओवादीको एउटा पक्षलाई भने आफूतिर तान्न सफल भएका छन् । उनी प्रचण्ड –माधव पक्षलाई मनोवैज्ञानिक रुपमा कमजोर देखाउने कोशिशमा छन् । त्यसका लागि ओलीले पूर्व माओवादीको एउटा हिस्सालाई बढी महत्व दिएका छन् ।
पार्टी विभाजनको अवस्थामा आइपुग्दा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षमा ठूलो हिस्सा रहने देखिएपछि ओलीले प्रचण्डको समूहमा खेल्न थाले । त्यसैको असर रामबहादुर थापा बादलमाथि प्रत्यक्ष परेको छ । ओलीले बादलमार्फत पूर्व माओवादीको महत्वपूर्ण हिस्सा कब्जा गर्ने सोच बनाएका थिए । तर सांगठनिक रुपमा बलियो रहेका बादल पक्षीय धेरै नेता कार्यकर्ताले ओलीसँग सती जान नसकिने सन्देश दिए । त्यसैले ओलीले नयाँ रणनीति अपनाएका छन् ।
ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा आफू पक्षीय भन्दा पूर्व माओवादी पक्षका नेतालाई बढी मौका दिएका छन् । अहिले बनेका धेरै मन्त्री पूर्व माओवादी पक्षका रहेका छन् । यसले पूर्व माओवादी पक्षमा उनी प्रभाव देखाउन चाहन्छन् भन्ने प्रष्ट हुन्छ । प्रधानमन्त्री ओलीले पूर्व माओवादी पक्षको साथ र समर्थन प्रचण्ड भन्दा बढी पाउने अपेक्षाका साथ काम थालेका छन् । यसका लागि उनले पूर्व कमाण्डरहरुलाई आफ्नो सरकारी निवासमै बोलाएर समर्थन गर्न भनेका छन् ।
पूर्व नेकपा एमाले रामेछापका नेता एवं रेष्टुरेण्ट व्यावसायी रामहरि श्रेष्ठको हत्या गर्ने पूर्व माओवादी कमाण्डर कालीबहादुर खामसँग ओलीको उठबस बाक्लिएको छ । १२ वर्ष अघि खामले ओलीकै कार्यकर्ता श्रेष्ठको निर्मम हत्या गरेका थिए । उक्त हत्याका सम्बन्धमा अहिले पनि मुद्धा चलिरहेको छ । तर कार्यकारी प्रमुख ओली भने तिनै फरार अभियुक्तलाई सरकारी निवासमा बोलाएर बैठक गरिरहेका छन् ।
खामलगायत पूर्व लडाकूहरुको समर्थन ओलीले खोजेका छन् । उनी प्रचण्डलाई गलत र फटाहा साबित गर्न यो अभियानमा लागेको बुझ्न सकिन्छ । पूर्व एमालेको एउटा हिस्सा आफूसँग नरहेकाले ओली पूर्व माओवादीको पनि ठूलै हिस्सा आफूतिर आओस् भन्ने चाहन्छन् । यसका लागि उनले बादलका साथै मणि थापा, टोपबहादुर रायमाझीहरुलाई आफूसँग ल्याएका हुन् ।
खामसँग भएको पछिल्लो वार्तामा ओलीले पूर्व माओवादी लडाकूका तर्फबाट एकजनालाई मन्त्री बनाउने आश्वासन समेत दिएको स्रोतको भनाई छ । खामले आफूलगायत थप तीनजनालाई मन्त्री बनाउने भए ओलीलाई खुलेर सहयोग गर्ने बचन दिएको पनि स्रोतको भनाई छ । तर ओली भने हाललाई खामलाई मात्रै मन्त्रिमण्डलमा लैजान इच्छुक देखिएको स्रोतले बताएको छ । यसका लागि छिट्टै नै खामविरुद्धको मुद्धा फिर्ता लिन ओली राजी भएकाे बुझिएको छ ।
यस प्रयोजनका लागि गृहमन्त्री बादलले प्रकृया अगाडि बढाइसकेको स्रोतको दाबी छ । यसका साथै ओली प्रचण्डलाई कमजोर देखाउन विप्लबमाथिको प्रतिवन्ध फुकाउन तयार रहेको बुझिएको छ । साथै, विप्लवसँग शान्तिवार्ता थाल्न उनले गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् । हिजै मात्र ओलीका तर्फबाट खानेपानी मन्त्री मणि थापाले नख्खुस्थित कारागारमा गई विप्लव पक्षका नेता धर्मेन्द्र बाँस्तोलासँग वार्ताको वातावरण बनाउन आग्रह गरेका छन् । यसरी हेर्दा ओलीको रणनीति पूर्व माओवादी पक्षलाई आफूतिर तानेर प्रचण्डलाई फटाहा र गलत नेताका रुपमा चित्रित गर्न लागेको प्रष्ट हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार