आइतबार , फागुण १६, २०७७

मकवानपुरमा कोरोना संक्रमितको सङ्ख्या १० मात्र !

मकवानपुरमा कोरोना संक्रमितको सङ्ख्या १० मात्र !

२४ माघ, वाग्मती । मकवानपुरमा कोरोना संक्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको संक्रमणबाट मुक्त भइसकेका छन् । संक्रमित सबै हेटाैँडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कारोना संक्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ ।

उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठाैँ दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय