मंगलबार , फागुण १८, २०७७

मोबाइलबाट सुराक भेटिनेमा प्रहरी अनुसन्धान केन्द्रित

मोबाइलबाट सुराक भेटिनेमा प्रहरी अनुसन्धान केन्द्रित

२५ माघ, बैतडी । कलेज कि बिद्यार्थी भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान मोबाइलमा केन्द्रित भएको हाे ।

शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ र मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भट्टकाे हत्या  बुधबार अपरान्ह ३ बजेतिर भएको प्रहरीको अनुमान छ ।  भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ ।

प्रहरीले भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ ।साेधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई केही कल आएको थियो तर उनले रिसिभ वा कलब्याक गरेकी थिइनन् । विद्यालयबाट निस्कँदा चारजना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरुबाट छुटेर हिँडेकी थिइन् ।

भट्टकाे शव रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो ।

अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । यो घटनालाई प्रहरीले एकदमै प्राथमिकता दिएको छ, प्रदेश प्रहरी प्रमुख आफैं पनि घटनास्थलमा पुगेका छन् ।

यता शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि जिल्ला अस्पताल, बैतडीले पोष्टमार्टम रिपोर्ट दिइनसकेकाले यकिन भइसकेको छैन । भागरथी हत्या प्रकरणलाई कञ्चनपुरको निर्मला हत्या प्रकरणसँग दाँजेर हेरिएको छ र निर्मला प्रकरणमा जस्तै प्रहरीले कमजोरी नगरोस् भनेर नागरिक समाजले घच्घच्याइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चक्रपथ विस्तारको दोस्रो खण्डः ‘साइट क्लेरेन्स’ले पाएन् पुर्णता, कहिले सम्पन्न होला सडक ? चक्रपथ विस्तारको दोस्रो खण्डः ‘साइट क्लेरेन्स’ले पाएन् पुर्णता, कहिले सम्पन्न होला सडक ? ७ दिन पहिले
दाहाल-नेपाल समूहले बाेलायाे केन्द्रीय कमिटीको बैठक दाहाल-नेपाल समूहले बाेलायाे केन्द्रीय कमिटीको बैठक ४ हप्ता पहिले
प्राधिकरणका शाक्यले गरे पदबहाली प्राधिकरणका शाक्यले गरे पदबहाली २ हप्ता पहिले
आगामी चैत १५ गतेदेखि रातिमा उडान नहुने आगामी चैत १५ गतेदेखि रातिमा उडान नहुने २ हप्ता पहिले
सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति सर्वसाधारण लगानीकर्ताको लागि खुशीको खबरः इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न पायो अनुमति १ हप्ता पहिले
गतिराेध अन्त्यका लागि नेकपाको औपचारिक विभाजन आवश्यक गतिराेध अन्त्यका लागि नेकपाको औपचारिक विभाजन आवश्यक ५ दिन पहिले
चरीकोट– जिरी सडकखण्ड धमाधम कालोपत्र गरिँदै  चरीकोट– जिरी सडकखण्ड धमाधम कालोपत्र गरिँदै  ४ घण्टा पहिले
मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन ४ हप्ता पहिले