स्वास्थ्यचौकी स्थापनापछि नागरिकलाई राहत
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १७:१५:५३
२७ माघ, म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकी स्थापना भएपछि नागरिकलाई राहत मिलेको छ । साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।
गाउँपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि स्थानीयवासीको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको धारापानीका किरन थापाले बताए । “यसअघि सामान्य बिरामी हँुदा पनि करिब एक घण्टा हिँडेर ताकम अथवा दरवाङ पुग्नुपर्ने थियो”, उनले भने, “स्वास्थ्यचौकी स्थापनापछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।”
धारापानीमा गत साउनमा शुरु भएको सामुदायिक स्वास्थ्य एकाइलाई २०७७ पुस दोस्रो हप्ता भएको विशेष गाउँसभाको निर्णयानुसार स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको हो । सो गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको थियो ।
किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनमा स्वास्थ्यचौकी स्थापना भएको हो । तीनमध्ये दुईवटा कोठा स्वास्थ्यचौकीका लागि प्रयोग गरिएको छ । पुरानो भवन मर्मत गरिएको छ । स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका छन् । एक अहेव र एक अनमीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “सेवाग्राहीको चाप र सेवाको प्रभावकारिता हेरेर थप जनशक्ति र पूर्वाधारको व्यवस्थापन गर्छौँ”, उहाँले भन्नुभयो, “गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन गरेका छौँ ।”
स्वास्थ्यचौकीबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम गरिने भएको छ । ताकममा अस्पताल भवन बनाउन यस वर्ष विनियोजन भएको रु ७० लाख बजेटको पनि ठेक्का प्रक्रिया शुरु गरेको छ । सात वडा रहेको धवलागिरिमा धारापानीसहित आठ स्वास्थ्यचौकी छन् । भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने बगर, खिवाङ र आरवाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा मुना स्वास्थ्यचौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ, ताकम र मराङ स्वास्थ्यचौकीको भवन यसअघि नै निर्माण भएको थियो । मल्कवाङ स्वास्थ्यचौकी भवन निर्माणाधीन अवस्थामा छ । मुदी स्वास्थ्यचौकीको पनि आफ्नै भवन छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार