छोरा गुमाएकी आमाको पीडा
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:१०:५४
२७ माघ, तनहुँ । श्रीमान्ले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आएका थिइन् । श्रीमान्ले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उनको भनाइ छ । साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न थालेको थाहा पाएपछि छोरा बिग्रने डरले आमा नसिमुन मियाँले १७ वर्षीय छोरा अजिज मियाँलाई सुधारगृहमा राख्ने निर्णय गरिन् ।
सुधारगृहमा राख्ने सिलसिलामा जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेँसीस्थित न्यू डे फेलोसिप नेपालमा मासिक रु १५ हजार तिर्ने गरी असार २७ गते छ महिनाका लागि सम्झौता गरी उक्त सुधारगृहमा राखेको उनले बताइन् । पुस २७ गते सम्झौता अवधि सकिँदै थियो, छोरा सुध्रिएर आउला र जीवनको एउटा सहारा बन्ला भन्ने सपना देखेकी आमाले एक्कासि छोरा गुमाउन पुगेपछि ‘खुर्पाको चोट अचानोलाई मात्रै थाहा हुन्छ’ भने जस्तो हुन पुग्यो । “सोही रात नराम्रो सपना देखेँ । उठेर घडी हेरेँ रातको १ बजेको रहेछ”, उनले भनिन्, “छोरालाई फोन गरुँ कि झँै लाग्यो । होइन रातिको समयमा नगरुँ झैँ लाग्यो र गरिनँ ।” बिहान करीब ४ बजेको समयमा फोन आयो । तपाईंको छोराले आत्महत्या गरेछन् । छाँगाबाट खसे झैँ भएँ र बेहोस भएछु, आँसु झार्दै नसिमुन मियाँले दुःखेसो पोखिन् ।
घटनास्थलमा गएर हेर्दा टाउको निहुराउनुपर्ने स्थानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको रहेछ, बचाउन सकिन्छ कि भनेर पासो काटेको भनी सुधारगृह सञ्चालकले जानकारी दिएको उनको भनाइ छ । घटनास्थलको अवस्था हेर्दा झुण्डिएर आत्महत्या गरेको विश्वास लागेन र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन जाँदा लिन नमानेको उनको दुःखेसो छ । तीन पटकसम्म प्रहरी कहाँ धाएँ सञ्चालकको नाउँ नहटाएसम्म जाहेरी लिन मानेन । प्रहरीको भनाइअनुसारको जाहेरी लिएर गएपछि मात्रै प्रहरीले नाउँमा पूरक जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर जाहेरी लिन नमानेको भन्दै निवेदन दिएपछि सरकारी वकिलको कार्यालयबाट पत्र पठाएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको उनले बताए ।
सुधारगृह सञ्चालक पवन चुमी थापामगर र कर्मचारी जीतेन्द्र खत्रीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ भने अन्य चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गत मङ्सिर २७ गते सुधारगृहमा रहेका छोरालाई भेट्न जाँदा सुधारगृहका कर्मचारी खत्रीले कुटेर यातना दिने गरेको बताएका थिए । एक्लो छोरा भएकाले कुटपिट नगर्न आग्रह गर्दै आए पनि बेवास्ता गर्दै यातना दिने र कुटपिट गर्ने गरेको जानकारी पाएको आमा नसिमुन मियाँले बताइन् । सुधारगृहमा बसेको तीन महिनापछि मोबाइल लिन पाउने प्रावधानअनुरुप छोरालाई मोबाइल पठाइदिएको भए पनि मोबाइल नदिई तिनै कर्मचारी खत्रीले नै लिएको खुल्न आएको छ ।
पुस २७ गते सुधारगृहबाट भाइलाई निकालेर माघको १ गतेदेखि चितवनमा लगेर आफूसँगै राख्ने र भाइको आनीबानीमा सुधार गर्ने अभिलाषाका साथ सुधारगृहमा जाने सपना चकनाचुर भएको स्वास्थ्यकर्मी एवं दिदी रविना मियाँले बताइन्।
व्यवस्थापन फितलो
उक्त सुधारगृहमा तुना भएको जुत्ता, गलबन्दी, पेटीलगायत सामग्री लैजान मनाही गरिएको भए पनि गलबन्दीको पासो लगाएर आत्महत्या गरिएको भनी ढाकछोप गर्न खोजिएको मृतककी दिदी रविना मियाँले बताइन् । सर्वप्रथम सुधारगृहमा सिसी क्यामेरा जडान अनिवार्य गर्नुपर्ने व्यवस्था रहे पनि क्यामेरा जडान नगर्नु सञ्चालकको कमीकमजोरी भएको उनको भनाइ छ ।
सोही सुधारगृहमा बस्दै आएका व्यास नगरपालिका–१२ का सोमबहादुर भुजेलले सुर्ती खाना दिएको र सुर्ती खाएको निहुँमा कर्मचारी खत्रीले अजिज मियाँलाई यातना दिएको प्रहरीसमक्ष बताएका छन् । सुर्ती दिनेलाई कारवाही नगर्ने खानेलाई मात्रै किन सजाय गरियो उल्टै प्रश्न गर्दै मृतककी दिदी रविनाले भनिन्, “मेरो भाइको आत्महत्या नभई हत्या नै गरिएको हो ।” उक्त सुधारगृह विगत तीन वर्षदेखि नवीकरण नगरी अवैधानिकरुपमा सञ्चालन हुँदै आएको बताइएको छ । घटनामा संलग्न भएको आशङ्कामा छजनालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
जापानको सहयोगमा विद्यालय भवन निर्माण
बैशाख २६, २०८१ बुधबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार