
२९ माघ, काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली तानाशाह भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन बोल्दै ओली ताना शाह भएकाले जनताले यिनलाई जनताले फाल्नुपर्ने बताएका हुन् ।
उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन् । केसीले भने, ‘ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका । संविधानको हत्या गर्ने उनी हत्यारा हुन् । केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् ।
उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
उनले चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गर्न पनि माग गरेका छन् । माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।
प्रतिक्रिया