फागु पूर्णिमादेखि पोखरा–सिमराबीच सिधा हवाई सम्पर्क हुने
नेपालबहस संवाददाता
माघ २९, २०७७ बिहिबार २३:४७:२
२९ माघ, गण्डकी । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिकट लाग्ने एयलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभियानअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बताए ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्येनजर गर्दै औद्योगिक शहर विराटनगरसँग यसअघि नै उडान शुरु गरिएको बताउँदै उनले जनकपुरधाम, नेपालगञ्ज र धनगढीजस्ता मुख्य शहरमा हवाई सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी दिए । कोभिड–१९ को कारण थला परेको पर्यटन व्यवसायको प्रवद्र्धनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन हवाई सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हवाई सेवा सञ्चालन गर्नु महत्वपूर्ण भएको उल्लेख गर्दै यसको दिगोपनका लागि स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले हवाई सेवा सञ्चालनले तराई र पहाडबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै धार्मिक पर्यटनमा टेवा पुग्ने धारणा राखे।
पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रमराज गौतमले हवाई सेवामार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकार र निजी क्षेत्र बीचको समन्वय र सहकार्य आवश्यक हुने बताए । जीतपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, यति एयरलाइन्सका वरिष्ठ निर्देशक सरल शम्शेर जबरा, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइराला लगायतले पोखरा सिमरा बीचको हवाई सम्पर्कले धार्मिक पर्यटनका साथै पहाड र तराई बीचको भावनात्मक एकतालाई अझै प्रगाढ बनाउनेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार