शनिबार , फागुण १५, २०७७

सोनाम ल्होछारको उपलक्ष्यमा कांग्रेस नेता केसीले दिए तामाङ समुदायलाई शुभकामना

सोनाम ल्होछारको उपलक्ष्यमा कांग्रेस नेता केसीले दिए तामाङ समुदायलाई शुभकामना

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले तामाङ जातिको महत्वपूर्ण चाड ल्होछारको उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

आज आफ्नो फेसबुकवालमा एक लामो शुभकामना सन्देश प्रवाह गर्दै नेता केसीले भनेका छन् “तामाङ जातिको नयाँ वर्ष “सोनाम ल्होछार” २८५७ को सुअवसरमा समग्र देशविदेशमा रहनु भएका तामाङ दिदीबहिनी तथा दाजूभाईमा सुस्वास्थ, दीर्घायु र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“सोनाम ल्होछार” मूलत नेपालको हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने आदिबासी जनजातिको अत्यन्त महत्वपूर्ण र साझा सांस्कृतिक पर्व भएको कांग्रेस नेता केसीको भनाई छ ।

सबै जातीय र सांस्कृतिक वैभवको एकीकृत स्वरूप नै नेपाल भएको बताउँदै नेता केसीले यो नै हाम्रो सम्पदा र गौरवमय परिचय हो, भनेका छन् । विभिन्नताको बीचको अभिन्नता र विविधता बीचको एकता नै नेपालको सौंदर्य भएको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

“नेपालको पूर्व, पश्चिम, मध्य तथा पहाडी क्षेत्रमा बढी केन्द्रित मंगोल समुदायका साथै यो ल्होछार पर्व समग्र बौद्ध धर्मावलम्बी तथा मंगोल समुदायको साझा सांस्कृतिक पर्व हो । यस्तै विविध पर्वहरूप्रतिको साझा सम्मान र अपनत्वले नै राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रर्वद्धन हुने कुरामा हाम्रो विशेष प्रतिबद्धता हुनु जरुरी छ,” नेता केसीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस ११ घण्टा पहिले
नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : कोइराला नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : कोइराला १ घण्टा पहिले
पाँचथरका सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन पाँचथरका सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन ९ घण्टा पहिले
नेकपा विभाजनः अध्यादेश ल्याउने कि संसदमै सामाना गर्ने ? नेकपा विभाजनः अध्यादेश ल्याउने कि संसदमै सामाना गर्ने ? १ घण्टा पहिले
कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे कर्मचारीको लापरबाहीका कारण कोरोना पोजेटिभ व्यक्ति दिल्ली पुगे ११ घण्टा पहिले
राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना ८ घण्टा पहिले
काभ्रे कोरोना–सङ्क्रमणमुक्त हुँदै  काभ्रे कोरोना–सङ्क्रमणमुक्त हुँदै  १३ घण्टा पहिले
साउदी युवराजद्धारा पत्रकार जमाल खसोग्जीको हत्या गर्न स्वीकृति दिएकाे खुलासा साउदी युवराजद्धारा पत्रकार जमाल खसोग्जीको हत्या गर्न स्वीकृति दिएकाे खुलासा १२ घण्टा पहिले