नेकपाको झगडा सिद्धान्तको होइन : थापा
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार ६:५७:५३
३० माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा भित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको बताएका छन् । आज मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको बिषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिको निमित्त झगडा गरेर मुलुकलाई बर्बादिको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश ब्यक्त गरे।
नेकपा र नेपाली काङ्ग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस किङ्कर्तब्य बिमुख र निरीह रहेको समेत बताए। मुलुकमा अहिले भ्रष्टाचार , कुशासन, धर्मपरिबर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउदै लोकतन्त्रको लागि अब कहिल्यै लड्नुपर्दैन, राजा हटायसी लोकतन्त्र मजबुत हुन्छ भन्नेहरु नै आज लोकतन्त्रमाथी खतरा भयो भन्दै कराउदै हिडेको बताए। राजसंस्था बिकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यबहार र चरीत्रमा प्रजातान्त्रिक हुनुपर्नेमा जोड दिए ।
धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२/०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे। राप्रपालाई काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रबादी शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गरे ।
कार्यक्रममा बोल्दै केन्द्रीय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारिले सत्ताको छिनाझप्टिले मुकुक र जनताले दुख पाउनु दुर्भाग्यपूर्ण भएको बिचार ब्यक्त गरे । कार्यक्रममा नेताहरु रामहरि न्यौपाने , बालकुमारी डल्लाकोटी, शुक्र प्रजा,नरहरी सुवेदी , मनोज थापा, सर्ब सिं मोक्तान लगायतले बोलेका थिए । आजै हेटौंडा (९ मा आयोजित कार्यक्रमलाई पनि थापाले सम्बोधन गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार