आइतबार , फागुण २३, २०७७

हुम्लामा विद्यालय भवन जीर्ण हुदा बालबालिका पढनबाट बञ्चित

हुम्लामा विद्यालय भवन जीर्ण हुदा बालबालिका पढनबाट बञ्चित

३० माघ,सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ ।

विद्यालयको भवन छैन् भने विद्यार्थी बस्ने डेस्कबेन्च पनि छैन् । बालबालिका पढ्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को विद्यालय जान बाध्य भएका छन् । पाँच वर्षसम्म सञ्चालनमा आएको उक्त घुम्ती विद्यालय अहिले गाईवस्तु र घोडा, खच्चड बस्ने गोठ बनेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गाउँका अगुवा र सम्बन्धित निकायले चासो नदिँदा घुम्ती विद्यालयको अवस्था दयनीय बनेको स्थानीयहरु बताउछन् । विद्यालयको छानो गत वर्षको हावाहुरीले उडाउँदा जस्तापाता चोरी भएर आकाश देखिने भएको छ, । विद्यालय बनाएको भवन अहिले गोठ बनेको छ, कक्षा कोठाभरि गाईवस्तुका गोबरका साथै विभिन्न फोहरले दुर्गन्धित हुनुका साथै हेरिनसक्नुभएको छ । विद्यालय बनाएको भवन प्रयोगमा नआउँदा स्थाीनयवासीले घोडा, खच्चड राख्ने गोठ बनाएको छ ।

साविक वडा १, २ र ४ का गाउँमा बसोवास गर्ने बालबालिकाका लागि कैलाश माध्यामिक विद्यालयको उपशाखा घुम्ती विद्यालय बने पनि यसको संरक्षणमा कसैले चासो नदिँदा जीर्ण अवस्थामा पुगेको हो । विद्यालयको नाममा जग्गा धेरै छ, सातकोठे भवनसहित दुईकोठे व्यवस्थित शौचालय निर्माण भएको थियो तर अहिले विद्यालयको भौतिक संरचना हेर्दा दया लागेर आउने अवस्थामा छ । नजिक भएको विद्यालय प्रयोगविहीन हुँदा शिशु, एक र दुई कक्षामा अध्ययनरत विद्यार्थीले समेत साढे एक घण्टादेखि दुई घण्टाको पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ ।

घुम्ती विद्यालय प्रयोगविहीन र जीर्ण अवस्थामा हुँदा चुकेडी बस्तीका अधिकांश बालबालिकाले पढ्न पाएका छैनन् । चिसोका कारण छ महिना पढाइ हुने हुम्लामा यहाँका बालबालिकालाई विद्यालय टाढा हुँदा विद्यालयमा पढाइ भए पनि नियमित उपस्थित हुने बानी उनीहरूको छैन ।

दुर्गम क्षेत्रका सरकारी स्कूललाई पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार गर्न पर्याप्त बजेट नहुँदा समस्या बनाएको छ । कैलाश माविमा दरबन्दीअनुसार कर्मचारी र भौतिक संरचना राम्रो भए पनि यसको उपशाखा खोलिएको घुम्ती विद्यालयका लागि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बनेको हो । यसका लागि विद्यालय व्यवस्थापन समिति र वडाले कुनै चासो देखाएका छैनन् । पाँच वर्षअघि जिल्लामा सञ्चालित उपाप संस्थाले सो भवन निर्माण गरेको थियो । अहिले यो संस्था नै नभएकाले यसको अवस्था दयनीय बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय