बिहिबार , फागुण १३, २०७७

क्यान्सर बिरामीलाई सहयोग गर्दै बाग्मती प्रदेश

क्यान्सर बिरामीलाई सहयोग गर्दै बाग्मती प्रदेश

३० माघ,चितवन । बाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले रु एक लाख उपचार सहयोग गर्दै आएको थियो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ । उनका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको रु एक लाखमा प्रदेश सरकारले थप रु ५० हजार उपलब्ध गराउने भएको हो । सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उनले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसार प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्षमा रु सात करोड विनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी बाग्मती प्रदेशका जनता हुने गरेका छन् । थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उनको भनाइ छ । क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आवश्यकपर्ने उपकरण, औषधिलगायत महङ्गो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली १५ घण्टा पहिले
डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  डेढ सय वर्ष पुरानो भीमसेन जात्रा झाँकीसहित सम्पन्न  ३ घण्टा पहिले
अस्ट्रेलियामा कङ्गारूको १७ हजार वर्ष पुरानो चित्रकला अस्ट्रेलियामा कङ्गारूको १७ हजार वर्ष पुरानो चित्रकला २३ घण्टा पहिले
प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा १५ घण्टा पहिले
जुवातास खेलिरहेको अवस्थामा १८ जुवाडे नियन्त्रणमा जुवातास खेलिरहेको अवस्थामा १८ जुवाडे नियन्त्रणमा २२ घण्टा पहिले
ओलीको कष्टकर यात्रा ओलीको कष्टकर यात्रा २३ घण्टा पहिले
म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना १४ मिनेट पहिले
मातृभाषा दिवसमा जनजाति साहित्यकार महासङ्घ गठन मातृभाषा दिवसमा जनजाति साहित्यकार महासङ्घ गठन २३ घण्टा पहिले