मंगलबार , फागुण १८, २०७७

भक्तपुर नगरपालिकामा नक्शापास र सूचीकरणको प्रक्रिया शुरु

भक्तपुर नगरपालिकामा नक्शापास र सूचीकरणको प्रक्रिया शुरु

२ फागुन,भादगाउँ । भक्तपुर नगरपालिकाले साविक मापदण्डानुसार निर्माण भएका घरको नक्शापास र सूचीकरणको प्रक्रिया शुरु गर्ने भएको छ । नगरपालिकाको चालु आठौँ नगरसभाको शनिबारको बैठकले ‘साविक मापदण्डअनुसार निर्माण भएका घर÷भवनको नक्शापास र सूचीकरणसम्बन्धी कार्यविधि–२०७७’ पारित गरेसँगै त्यस्ता घरको नक्शापास र सूचीकरणको प्रक्रिया शुरु हुन लागेको हो ।

उक्त कार्यविधिको उद्देश्य भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनुभन्दा अगाडि नक्शापास नगरी साविक मापदण्डअनुरुप भएको र मापदण्डअनुरुप नभएका वा पास भएको नक्शाभन्दा हेरफेर गरी साविक मापदण्डानुसार घर तथा भवन आदि निर्माण गरेको र मापदण्डानुसार नभएका घरहरूको नियमित एवं नक्शापास र सूचीकृत गर्ने रहेको नगरप्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सो अवसरमा उनले नगरपालिकाले प्रजातान्त्रिक अभ्यासमार्फत नगरसभा सञ्चालन गरिरहेको र सभामार्फत संविधानले दिएको अधिकारलाई व्यवस्थित तरिकाले उपयोग गर्ने प्रयास गरिरहेको बताएका थिए । नगरपालिकाले सञ्चालन गरिरहेको विभिन्न सीपमूलक तालिमले नगरवासीको व्यक्तित्व विकास, कार्यक्षमताको विकास गर्दै आएको बताउँदै देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा परेका उजुरीमाथि अध्ययन गरी जग्गाधनीसँग छलफल अगाडि बढाउन कार्यदल गठन गरिसकेको पनि उनले बताएका छन् ।

कार्यविधिमाथि सभासद सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर मातां र गोविन्द दुवालले विभिन्न सुझाव दिएका थिए भने छलफलमा उठेका विषयमा विधायन समितिका संयोजक हरिराम सुवालले जवाफ दिएका थिए ।

उनीहरुले नेपालमा भारतीय अतिक्रमण दिनानुदिन बढिरहेको हुँदा नगरसभाबाट भारतीय विस्तारवादविरुद्ध विरोध प्रस्ताव पेश गरी पारित गर्नुपर्ने, नगरवासीलाई लक्ष्य गरी दिइरहेको सीपमूलक तालिम र खेलकूद प्रशिक्षणको सदुपयोगबारे अनुगमन गर्नुपर्ने, नगरमा दिगो र स्तरीय सडक बत्ती व्यवस्थापन गर्नुपर्ने, घरबाटो सिफारिस दस्तुरमा परिमार्जन गर्नुपर्ने, पर्ति जग्गा मिचेर घर बनाउनेको नक्शापास रोक्नुपर्ने, नपाको पहलमा चिस्यान केन्द्र बनाउनुपर्ने, नपाले सञ्चालन गर्ने आदर निकेतन यथाशक्य छिटो बनाउनुपर्ने, तलेजुभित्रको चोकमा अवस्थित पौभा चित्र संरक्षण गर्नुपर्ने, तारा माविमा भवन अभावका कारण दैनिक पठनपाठनमा समस्या भइरहेकोतर्फ नपाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने २३ घण्टा पहिले
मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ २२ घण्टा पहिले
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १ घण्टा पहिले
सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ १८ घण्टा पहिले
सिटिजन्स बैंकका डीसीईओ देवकोटाले दिए राजीनामा सिटिजन्स बैंकका डीसीईओ देवकोटाले दिए राजीनामा २३ घण्टा पहिले
मिस व्युटिफुल नेपाल २०२१ को ताज पूर्णिमालाई मिस व्युटिफुल नेपाल २०२१ को ताज पूर्णिमालाई २३ घण्टा पहिले
पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ : नेता भट्टराई पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ : नेता भट्टराई २२ घण्टा पहिले
डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो, दुई सातामा २ लाखले नयाँ डिम्याट खाता खोले डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो, दुई सातामा २ लाखले नयाँ डिम्याट खाता खोले ६ घण्टा पहिले