बुधबार , फागुण १९, २०७७

विनयजङ्ग बस्नेतविरुद्ध सपनाले दिइन उजुरी

विनयजङ्ग बस्नेतविरुद्ध सपनाले दिइन उजुरी

२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीकाे १०० प्रभावशाली महिलाको सुचीमा परेकी नेपाली चेली सपना रोक्का मगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

बस्नेतले आफ्नो मानमर्दन र बेइज्जति गर्ने अभिप्रायले धम्क्याएको भन्दै मगरले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् ।बेवारिसे लाश जलाउने काममा मगरसँगै बस्नेतसमेत सहभागी हुने गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीहरु बाबुछोरीका रुपमा सँगै रहने गरेको दाबी बस्नेतले यसअघि गर्ने गरेका थिए । तर पछिल्लो अवस्थामा भने बस्नेतले आफूसँग सपनाको नग्न तस्बिर रहेको र उक्त तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिने गरेको उनले बताएकी छिन् । विवादित भएपछि भने दुबै जना अलगअलग रुपमा काम गर्न थालेका छन् ।

त्यसपछि बस्नेतले आफूलाई अनावश्यक धम्की दिने गरेको र मानसिक रुपमा ब्लाकमेलिङ गर्न थालेको पनि उनले जाहेरीमा उल्लेख गरेकी छन् । यस सन्दर्भमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले उजुरी परेको र बस्नेतलाई पक्रन अदालतसँग अनुमति समेत प्राप्त भइसकेको जानकारी दिएका छन् । तर बस्नेत भने हाल राजधानी बाहिर रहेको समेत उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय