जिल्ला सभापतिको भेला गर्ने कांग्रेसकाे निर्णय
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार २०:०:३७
२ फागुन, काठामाडौं । नेपाली कांग्रेसले निर्धारित समयमा १४ औं महाधिवेशन गर्न नसक्ने लगभग निश्चित छ । तर अर्काे कार्यतालिका बनाउन भने कसैले चासो दिएका छैनन् । यही फागुनको १९ गतेबाट वर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुँदैछ । गएको वर्ष नै कार्यकाल पूरा भएपनि कार्यसमितिले निर्णय गरेर फागुनसम्म म्याद थप गरेको थियो ।
फागुन ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति निर्धारण गरिएको भएपनि अहिलेसम्म नयाँ मिति घोषणा भएको छैन । संस्थापन इतर पक्षले समेत त्यसमा चासो देखाएको छैन । तर सभापति शेरबहादुर देउवाले अब संवैधानिक प्रावधानलाई कोट गरेर कार्यसमितिको कार्यकाल ६ महिना थप्न लागेको जानकारी इतर पक्षले पाएपछि सल्बलाएको छ ।
स्रोतका अनुसार सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरेर कार्यकाल थपिएको जानकारी दिन लागेपछि इतर पक्ष झस्किएको हो । यसका लागि कार्यसमिति बैठक बोलाइनुपर्ने उनीहरुको माग छ । तर देउवा भने अहिले कार्यसमिति बोलाएर झमेलामा उल्झिने पक्षमा छैनन् । त्यसैले विज्ञप्तिमार्फत कार्यकाल थप भएको जानकारी निर्वाचन आयोगलाई पठाउन लागिएको स्रोतको दाबी छ ।
संस्थापन पक्षले फेरि बलजफ्ती गर्न लागेको भन्दै असन्तुष्ट पक्षले आज बिहान महामन्त्री डा. शशांक कोइराला निवासमा आफूपक्षीय नेताहरुको भेला बोलाई देशैभरिका जिल्ला सभापतिहरुको भेला गराई दबाब दिने निर्णय गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समेतको उपस्थितिमा भएको भेलाले फागुन ५ गते काठमाडौंमा जिल्ला सभापतिहरुको भेला डाकी केन्द्रीय कार्यसमिति बैठक डाक्न दबाब दिने निर्णय भएको हो । त्यसपछि मात्रै नयाँ महाधिवेशनको मिति सुनिश्चित हुनेछ । नत्र कार्यकाल थपिने तर नयाँ कार्यतालिका भने नआउने अवस्था निर्माण गर्न लागिएको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार