शनिबार , फागुण १५, २०७७

सङ्घीय सरकारको सहयोगमा चिस्यान केन्द्र बन्दै

सङ्घीय सरकारको सहयोगमा चिस्यान केन्द्र बन्दै

२ फागुन,तनहुँ । सङ्घीय सरकार र शुक्लागडकी नगरपालिका सहयोगमा सङ्गमटोलमा चिस्यान केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको रु दुई करोड गरी कूल रु तीन करोडको लागतमा केन्द्र निर्माण गर्न लागेको हो ।

बोलपत्र पश्चात यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढाइएको वडाध्यक्ष रेग्मीले बताएका छन् । करीब साढे दुई रोपनी क्षेत्रमा निर्माण गरिने चिस्यान केन्द्रको दुई हजार ५०० मेट्रिक टन क्षमताको हुनेछ । शुरुमा वडालाई आलुमा आत्मनिर्भर बनाएपछि आउँदा दिनमा नगरपालिकालाई समेत आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वडामा चिस्यान केन्द्र निर्माण गरेपछि आलु मात्रै नभइ वडामा उत्पादन गरिएका फलफूल, तरकारीलगायतका बस्तुलाई भण्डारणमा सहज हुने विश्वास गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताएका छन् ।

कृषकले उत्पादन गरेर बढी भएको कृषिजन्य बस्तु चिस्यान केन्द्रमा लैजान र ढुवानीको लागि वडाले जिम्मा लिन्छ तर चिस्यान केन्द्रमा राख्दा हुने खर्च भने स्वयम कृषकले ब्योर्हनुपर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय