शुक्रबार , फागुण १४, २०७७

जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गरेका छौ : मुख्यमन्त्री राई

जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गरेका छौ : मुख्यमन्त्री राई

३ फागुन,विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताएका छन् । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित समारोहमा उनले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दु्रतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिएका छन् ।

उनले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै भौतिक पूर्वाधार विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका काम, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधि, सुरक्षा बन्दोबस्तीका तयारी आदि सबै क्षेत्रमा कोभिड–१९का कारण प्रतिकूल परिस्थितिका बाबजुद निकै उत्साहजनक प्रगति हासिल गरेको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मुख्यमन्त्री राईले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षासँग तादात्म्य मिलाउँदै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी आम जनताको समृद्धि र समुन्नतिको आकांक्षालाई आत्मसात गर्दै दृढ सङ्कल्पका साथ अघि बढिरहेको धारणा राखेका छन् । सरकार जनमुखी भई चुस्त सेवा प्रवाह गर्न तथा पारदर्शी एवं जवाफदेहितायुक्त सुशासन प्रवद्र्धन गर्दै अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले तीन वर्षको अवधिमा सरकारले स्वच्छतामा करीब आठ प्रतिशत, समुन्नतिमा ४५ प्रतिशत र सुखमा ४७ प्रतिशत कार्यक्रम रहेको जानकारी दिँदै प्रदेश सरकारले ४९ कानून, २४ नियमावली, १० निर्देशिका, २८ कार्यविधि र एक÷एक मापदण्ड र गठन आदेश गरी कूल ११३ कानूनी दस्तावेज तयार गरी संस्थागता आधार तयार गरेको प्रष्ट पारेका छन् ।

मुख्यमन्त्री राईले कोरोना जनसुरक्षा कोषमा रु २५ करोड स्थापना गरी सरकारले १० दिनमा कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र निर्माण गरेको उल्लेख गर्दै चीनको स्वशासित राज्य तिब्बतबाट रु १० करोड बराबरको उपचार सामग्रीको सहयोगसहित स्वीस सरकारको उल्लेखीय सहयोग प्राप्त भएको जानकारी दिएका छन् । उनले प्रदेशमा स्वदेशी र विदेशी लगानीका लागि प्रदेश लगानी प्राधिकरण गठन गरिएको बताएका छन् ।

उनले प्रदेशमा ४५ हजार १८९ जनाको रोजगारी सिर्जना भएको बताउँदै विराटनगरलाई नेपालको पूर्वी हवाई पर्यटकीय द्वारका रुपमा परिणत गर्ने काम भइरहेको जानकारी गराएका छन् । खाद्यान्नमा प्रदेश आत्मनिर्भर अवस्थामा रहेको जानकारी दिँदै मुख्यमन्त्री राईले विपद् व्यवस्थापन, सूचना तथा सञ्चार क्षेत्रमा, सिँचाइ विकास, जलउत्पन्न प्रकोप व्यवस्थापन, ऊर्जा विकास, खानेपानी विकास तथा सरसफाइ र सडक यातायातमा सरकार लागि परेको बताएका छन् । उनले प्रदेश सरकारको तीन वर्ष कार्यकालको अवसरमा सबै प्रदेशवासीलाई शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थाले विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थाले ४ हप्ता पहिले
ठप्प बनेका अघिकांश घरबास सेवा विस्तार ठप्प बनेका अघिकांश घरबास सेवा विस्तार ३ हप्ता पहिले
आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि ४ हप्ता पहिले
आयोगमा नियुक्त भएका कांग्रेसीहरूलाई फिर्ता बोलाउन नेता गुरुङको देउवासमक्ष माग आयोगमा नियुक्त भएका कांग्रेसीहरूलाई फिर्ता बोलाउन नेता गुरुङको देउवासमक्ष माग ३ हप्ता पहिले
यातायात व्यवस्था कार्यालयले गर्याे प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजस्व तिर्नुपर्ने व्यवस्था यातायात व्यवस्था कार्यालयले गर्याे प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजस्व तिर्नुपर्ने व्यवस्था २ हप्ता पहिले
गड्डाचौकीमा हेल्थ डेस्क व्यवस्थित बनाउन अस्थायी दरबन्दी ! गड्डाचौकीमा हेल्थ डेस्क व्यवस्थित बनाउन अस्थायी दरबन्दी ! ४ हप्ता पहिले
आइएमई जनरलको मुनाफा १२५.६७ प्रतिशतले बढ्यो, इपीएस कति ? आइएमई जनरलको मुनाफा १२५.६७ प्रतिशतले बढ्यो, इपीएस कति ? ४ हप्ता पहिले
चीन सरकारले भन्याे, ठूलो संख्यामा बाहिर ननिस्किनु चीन सरकारले भन्याे, ठूलो संख्यामा बाहिर ननिस्किनु ४ हप्ता पहिले