शनिबार , फागुण १५, २०७७

श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

३ फागुन, काठमाडौं । नेपाल प्रहरीले श्रीलंका पुर्‍याई  मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ गरेकाे छ । बर्दिया बढैयाताल गाउँपालिका-३ घर भई पर्वत कुस्मा नगरपालिका-२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेम बहादुर सुबेदीलाई  प्रहरीले पक्राउ गरेको हाे ।

सुबेदीले एक महिलालाई बैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा २०७७ मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन ।

उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका-२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बलात्कार घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसको माग बलात्कार घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसको माग २ हप्ता पहिले
भारतमा बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या ! भारतमा बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या ! १ हप्ता पहिले
साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने ३ हप्ता पहिले
नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन १ हप्ता पहिले
नगर क्षेत्रभित्रका विद्यालयलाई स्ट्रेचर र औषधि वितरण नगर क्षेत्रभित्रका विद्यालयलाई स्ट्रेचर र औषधि वितरण २ हप्ता पहिले
ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु २ हप्ता पहिले
चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ] चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ] १ हप्ता पहिले
आज ओली समूहकाे काठमाडौंमा ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन आज ओली समूहकाे काठमाडौंमा ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन ३ हप्ता पहिले