शुक्रबार , फागुण १४, २०७७

विमास्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना पक्राउ

विमास्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना पक्राउ

३ फागुन, काठमाडौं । नेपाल प्रहरीले विमास्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ६ सय ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काभ्रेपलान्चोक घर भएका ३१ वर्षीय राजिब लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

दुबईबाट काठमाडौं आएका उनलाई जाँच गर्नेक्रममा ब्यागभित्र लाईटमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनलाई लिन आएका अन्य ३ जनालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय