बुधबार , फागुण १९, २०७७

कविता : ऊ छुटे पछि

कविता : ऊ छुटे पछि

ऊ छुटे पछि….

म व्यर्थै
व्यर्थ भएँ,
सार बिनाको
अर्थ भएँ !!

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

देह हराएको कङ्काल भएँ,
स्नेह छुटेको अङ्कमाल भएँ !!

स्वप्न पातालमा थिचिएर
प्रेमालापमा मिचिएर
दुई-चार वाक्यहरुको
करुणतामा सिचिएर,
म कठै
सर्तै सर्त भएँ,
हो साँच्चै
म व्यर्थै
व्यर्थ भएँ !!

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय