
९ फागुन, काठमाडौं । दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन चलचित्रका लागि नयाँ कलाकारको खोजि गरिएको छ । केहि समय अगाडि उक्त चलचित्रमा नायक हरिहर अधिकारी र नायक आर्यन सिग्देलको नाम चर्चामा थियो । तर निमार्ण पक्षले चलचित्रका लागि नयाँ अनुहार खोजेको छ ।
तेलुगु चलचित्र ‘अर्जुन रेड्डीले दक्षिण भारतमा तहल्का मच्चाएको थियो । यो चलचित्रको हिन्दी रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा राम्रै व्यापार गरेको थियो ।
विशाल सापकोटाको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण संझौतामा हस्ताक्षर गरेका थिए ।
कुनै पनि दक्षिण भारतीय चलचित्रको अधिकार नै लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् ।
प्रतिक्रिया