शुक्रबार , फागुण १४, २०७७

दिल्लीमा डा. भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

दिल्लीमा डा. भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

१० फागुन, काठमाडौं । उपचारका लागी आइतबार भारतको नयाँदिल्ली गएका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आज स्वास्थ्य परीक्षण हुने भएको छ ।

दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने छ । भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

चिकित्सकहरुले न्युरो(-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी त्यसको उपचारका लागि आइतबार दिल्ली गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय