शुक्रबार , फागुण १४, २०७७

अनुमति बिना औषधि ओसारपोसार गर्ने तीन जना पक्राउ

अनुमति बिना औषधि ओसारपोसार गर्ने तीन जना पक्राउ

१० फागुन, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् ।

प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट फेला परेको जनाइएको छ । यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट रु पाँच हजार ३२५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रदीपको साथबाट रु एक लाख २९ हजार ८२२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र नगद रु ११ हजार बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै नगर प्रहरी एप्स शुरु सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै नगर प्रहरी एप्स शुरु ४ हप्ता पहिले
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प ३ हप्ता पहिले
प्रतिगमनकारीसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड प्रतिगमनकारीसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड ३ दिन पहिले
प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय प्रतिबन्ध, महामारीबाट थलिएको क्युबाद्वारा अन्ततः अर्थतन्त्र खुला गर्ने निर्णय २ हप्ता पहिले
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब, ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनौट नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब, ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनौट ५ दिन पहिले
सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थप सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थप ४ हप्ता पहिले
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण १ दिन पहिले
ओलीले तानाशाही शासन तन्काउन निर्वाचनको घोषणा गरे : नेता सिंह ओलीले तानाशाही शासन तन्काउन निर्वाचनको घोषणा गरे : नेता सिंह २ हप्ता पहिले