शनिबार , फागुण १५, २०७७

४१ हजार बढिले बुझे ४ अर्ब कोरोना बीमा दाबी भुक्तानी, सरकारले ५० करोड बेहोर्नु पर्ने

४१ हजार बढिले बुझे ४ अर्ब कोरोना बीमा दाबी भुक्तानी, सरकारले ५० करोड बेहोर्नु पर्ने

१० फागुन, काठमाडौं । हालसम्म ४१ हजार जनाले कोरोना बीमाको दाबी भुक्तानी बुझेका छन् । फागुन पहिलो सातासम्म ४१ हजारले चार अर्ब रुपैयाँ बढि बुझेका छन् ।

बीमा समितिका अनुसार काजगपत्र पुरा गरेका ४१ हजार २६१ जनाले ४ अर्ब रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृति पाएका हुन्। समितिले ४ अर्ब रुपैयाँको भुक्तानीका लागि स्वीकृति दिए पनि बीमितले भने पाउन सकेका छैनन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीहरुको महाविपत्ती कोष र बीमा समितिले भुक्तानी गर्नु पर्ने दायित्व अन्तर्गत रहेर बीमा पुलमा साढे तीन अर्ब रुपैयाँ भने पुरा भैसकेको छ।

तर दाबी भुक्तानीका लागि ४ अर्ब रुपैयाँको स्वीकृति भैसकेको छ। बाँकी ५० करोड रुपैयाँ नेपाल सरकारको दायित्व अन्तर्गत पर्दछ। तर समितिले अहिलेसम्म पनि नेपाल सरकार सँग समन्वय गरेको छैन। मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ भन्दा माथिको दायित्व नेपाल सरकारले बेहोर्नु पर्ने हुन्छ।

फागुन ७ गतेको तथ्याङ्क अनुसार नेपाल सरकारको दायित्व अन्तर्गत ५० करोड रुपैयाँ परिसकेको छ। अर्को तर्फ कोरोना बीमाको दाबी पर्ने क्रम रोकिएको छैन।

अहिलेसम्म ४१ हजार २६१ जनाले दाबीका लागि स्वीकृति पाए पनि स्वीकृतिको पाइपलाइमा ३५ हजार वटा भन्दा धेरै फाइल छन्। यसले गर्दा सरकारले भुक्तानी गर्नु पर्ने दायित्व दिन दिनै बढ्नेछ।

कोरोना बीमा मापदण्ड २०७७ को पछिल्लो संसोधन पछि यस बीमाको पुनर्बीमा पनि भएकोले केहि रहक पुनर्बीमा कम्पनीले बेहोर्ने बीमक संघका चंकी क्षेत्रीले जानकारी दिए। दाबीको केहि हिस्सा विदेशी पुनर्बीमा कम्पनीले बेहोर्ने भएकाले सरकारलाई केहि राहात हुनेछ।

0m

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक १५ घण्टा पहिले
सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त १८ घण्टा पहिले
बालुवाटारमा ओली र वामदेवको भेटवार्ता बालुवाटारमा ओली र वामदेवको भेटवार्ता १५ घण्टा पहिले
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन १७ घण्टा पहिले
गृहले गर्‍यो ५२ जना सीडीओहरुको सरुवा, काे-कहाँ ? गृहले गर्‍यो ५२ जना सीडीओहरुको सरुवा, काे-कहाँ ? १५ घण्टा पहिले
विकासका लागि पुगेका सडक स्थानियलाई बसाइँसराइ गर्न सजिलो विकासका लागि पुगेका सडक स्थानियलाई बसाइँसराइ गर्न सजिलो १७ घण्टा पहिले
लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न लैंगिक उत्तरदायी अनुसन्धान तथा संचारका सीप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न १९ घण्टा पहिले
कोरोनाका कारण शून्यमा झरेका होटलले विस्तारै गति लिँदै कोरोनाका कारण शून्यमा झरेका होटलले विस्तारै गति लिँदै १५ घण्टा पहिले