आइतबार , फागुण १६, २०७७

तास खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ

१० फागुन, बाँके । नेपाल प्रहरीले तास खेलिरहेको अवस्थामा नौ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्लाको नेपालगंज उपमहानगरपालिका-२ बौद्ध टोल डेरा गरी बस्ने अर्घाखाँची पुडेनी गाउँपालिका-८ घर भएका भुट्टु मियाँको कोठामा तास खेलिरहेको अवस्थामा अर्घाखाँची छत्रदेवी नगरपालिका-१ बस्ने ३६ वर्षीय दन्दिर अली समेत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ५० हजार १ सय ६५ रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय