घटेको बजारमा आधा दर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा, निफ्राको बढोत्तरी कायमै

१० फागुन, काठमाडौं । सोमवार शेयर बजारमा दोहोरो अंकको करेक्सन भइरहेको छ ।
२ बजेसम्मको कारोबार अवधिमा नेप्से परिसूचक २४ दशमलव ६० अंक अर्थात् ० दशमलव शून्य ९३ प्रतिशतले घटेको छ । निरन्तर बढेको बजारबाट अल्पकालिन लगानीकर्ताले नाफा बुक गरिरहदाँ सोमवारको बजार दोहोरो अंकको करेक्सन देखिएको हो ।
घटिरहेको बजारमा आधा दर्जन कम्पनीको शेयरभने उच्च दरमा बढेको छ । उक्त अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलपर, अपर तामाकोशी, शिवश्री हाइड्रो र खानीखोला हाइड्रोको ९ दशमलव ५० प्रतिशत बढिले शेयरमूल्य बढेको छ ।
सोमवार जलविद्युत्, अन्य समूह र म्यचुअल फण्ड वाहेकका सबै समूहगत परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव ५२ प्रतिशतले बढेको छ भने अन्यको १ दशमलव ३४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५५ प्रतिशत बढेको छ ।
प्रतिक्रिया