आईपीएलअघि लयमा पाडिक्कल, १ सय ४० बलमा हिर्काए १५२ रन
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २२:३१:२२
१२ फागुन काठमाडौं । भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले शानदार ब्याटिङ गरेका छन् । उनले बुधबार ओडिशाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका हुन् ।
कर्नाटकबाट खेलिरहेका २० वर्षीय पाडिक्कलले ओडिशाविरुद्ध १ सय ४० बलमा १ सय ५२ रनको पारी खेले । त्यसक्रममा उनले १४ चौका र पाँच छक्का हिर्काए ।
पाडिक्कलले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट खेल्छन् । गत सिजनमा उनले आरसीबीका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए ।
पाडिक्कलले डेब्यू आईपीएलमै आरसीबीका लागि १५ म्याचमा पाँच अर्धशतकको मद्दतमा ४ सय ७३ रन बनाएका थिए । आसन्न सिजनमा पनि उनी आरसीबीबाटै आईपीएल खेल्दै छन् ।
पाडिक्कलको उत्कृष्ट प्रदर्शनका कारण कर्नाटकले ओडिशालाई ३ सय ३० रनको विशाल लक्ष्य दिएको छ । उसका लागि पाडिक्कलले १५२ बाहेक कप्तान रविकुमार समर्थले ६०, कृष्णमूर्ति सिद्धार्थले ४१, अभिमन्यू मिथुनले ४० र करुण नायरले पनि २५ रनको योगदान दिए ।
बलिङमा सूर्यकान्त प्रधान, हर्षित राठोडले दुईरदुई र शान्तुन मिश्रले एक विकेट लिए । जारी प्रतियोगितामा कर्नाटकले दुई म्याच खेल्दा एकमा जित र दुई खेलमा हारको सामना गरेको छ । ओडिशालो भने दुई म्याचमै हार ब्यहोरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार