जडीबुटीको व्यवसायिक खेती, वार्षिक २० लाखभन्दा बढी आम्दानी
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार १३:५६:२९
१७ फागुन, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।
जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिनुभएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदिक औषधिका लागि प्रयोग गरिने बहुमूल्य जडीबुटी सतुवाका बिरुवा पनि उत्पादन गरे । उनले टिमुरका बिरुवा, फल र सतुवाका बिरुवा बेचेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए।
सतुवाका बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर तीन रोपनी जमिनमा बिरुवासमेत लगाए । उनले पहिलो वर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए ।
“इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानियाँले भने । उनले समूहमा आउनेलाई रु ३५ र व्यक्तिगतरुपमा आउनेलाई प्रतिबिरुवा रु ५० का दरले सतुवाका बिरुवा बिक्री गरेको जानकारी दिए। अनुकूल हावापानी हुने र बाँझो जमिनमा सतुवा खेती गर्ने गरिएको छ ।
गत वर्ष करिब रु १५ लाख बराबरको सतुवा र टिमुरका बिरुवा बिक्री गरेका उहाँले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताउनुभयो । “राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उनले भने। निजी र सामुदायिक संस्थामार्फत सतुवा खेतीका लागि बिरुवा माग्ने गरेको उनको भनाइ छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरमाथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक उनको भनाइ छ ।
उनले हरेक वर्ष रु छ लाखभन्दा बढीको टिमुरको बिरुवा र टिमुर बिक्री गर्ने गरेको जानकारी दिए। एक वर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका उनको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको जानकारी बताए । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र युरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।
टिमुरपछि उनी पछिल्लो समय सतुवा खेतीतर्फ आकर्षित भएका छन् । उनले तीन वर्ष अगाडि इलामबाट रु एक लाख ११ हजारको एक केजी सतुवाको बीउ लिएर शुरु गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक सतुवा खेतीमा लागेका छन् । टनेलमा सतुवाको नर्सरी बनाएका बानियाँ जिल्लामा सतुवाको व्यावसायिक बिरुवा उत्पादन गर्ने पहिलो कृषक हुन । उनका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ ।
सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । वनजङ्गलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामूहिकरुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
बैशाख २४, २०८१ सोमबार
मकैबालीमा कीराको प्रकोप बढ्दै, किसान चिन्तित
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार