फेदीखोलामा पुल बन्ने खबरले स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २०:५३:३८
१९ फागुन, दमौली । तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेदीखोलामा पक्की पुल निर्माण शुरु गरेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।
हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुने छ । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ,” तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनमा तुलबहादुर थापाले भन्नुभयो, “फेदीखोलामा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयवासीलाई अब सहज हुने भयो ।” यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो ।
ऋषिङ गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्छन् । ऋषिङको पल्ट्याङ, राम्जाकोट, कोटदरबार लगायतका ठाउँका सर्वसाधारण पनि सरसमान किन्न यही खोला तरेर आउनुपर्ने बाध्यता छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार ९८० को लागतमा फेदीखोलामा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहनेछ । छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४÷१.४ को पेटी निर्माण हुनेछ । सो पुल २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु ७५ लाख विनियोजन भएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि कुमार आचार्यले राज्यले तोकेको मापदण्ड र प्राविधिकले दिएको निर्देशनअनुसार समयभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । “पुल निर्माण गर्ने समय आगामी वर्षको पुस अन्तिम सातासम्म भए पनि प्राविधिक कठिनाई नआए असार मसान्तभित्रै पुल निर्माण सम्पन्न गरिसक्छौ,” उनले भने।
यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा नै शालिग्राम करिडोर अन्तर्गत घिरिङ गाउँपालिका–४ नयाँ टारस्थित तिरन्दीखोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरमा रु तीन करोड १४ लाख एक हजार २८२ को लागतमा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि २०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
पच्चिस मिटर लामो पुल २०७८ भदौ २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । कोरोनाका कारणले पुल निर्माणमा ढिलाइ भए पनि अब तीव्र गतिमा काम शुरु गरिने कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिए । कुल ८.४ मिटर चौडाई रहने सो पुल निर्माणका लागि चालू आर्थिक वर्ष रु ५५ लाख बजेट विनियोजन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार