तनहुँको धुरी छिम्केश्वरीमा भक्तजन बढ्दै
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १९:२१:१३
२५ फागुन, दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाक्ँिलदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ ।
गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी दिदीका रुपमा परापूर्वकालदेखि पुजिँदै आएको छिम्केश्वरीमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वासका कारण यसको गरिमा र महत्व बढाएको छ ।
सात देवीमध्ये जेठी बूढीदेवी, माइली छिम्केश्वरी, साइली गोरखकाली, काँइली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्र्णा र कान्छी अकला माईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यहाँबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल देखिन्छ ।
कोभिडले एक वर्ष सुनसान बनेको छिम्केश्वरीमा पछिल्ला दिनमा भने दर्शनार्थीको बाक्लो उपस्थिति रहने गरेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । “अहिले शनिबार र बिदाको दिनमा त दैनिक दुई/तीन सय जनासम्म भक्तजन आइरहेको छ”, गुरुङले भने, “बाटो पनि सहज भएकाले अन्य दिनमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ ।” अहिले चहलपहल ह्वात्तै बढेको वडाध्यक्ष गुरुङले थपे ।
मन्दिरका पुजारी धनराज गुरुङले छिम्केश्वरीमा प्रत्येक वर्षको फागुपूर्णिमा र वैशाख १ गते विशेष मेला लाग्ने बताए । गाउँपालिकाले मन्दिरको पुनः निर्माण पनि गरिरहेको छ । डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनः निर्माणको काम भइरहेको छ । गाउँपालिकाले मन्दिर पुनः निर्माण गर्न गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न गाउँपालिकाले पहल गरिरहेको जानकारी दिए । छिम्केश्वरी, आँधिमूललगायत ठाउँको प्रचारप्रसारका लागि गाउँपालिकाले काम गरिरहेको छ ।
छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण गरिएको छ । आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण गरिएको छ ।
छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिँढी निर्माण भएसँगै मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिए । पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु ६० लाख ८५ हजार ९५६ लगानी भएको छ । स्थानीयवासीले रु १५ लाख ७४ हजार ८९० बराबरको जनश्रमदान गरेका थिए । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा मन्दिर पुग्न सकिन्छ । बाटो विस्तार नहुँदा दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।
प्रदेश सरकारकै लगानीमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रको काम गत वर्षदेखि शुरु भएको छ । कोभिडले केही समय रोकिएको सडकको कामले अहिले गति लिएको छ ।
प्रदेश सरकारको रु ३० करोड लागतमा सडक कालोपत्रका लागि काठमाडौँस्थित शर्मा एन्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४।२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक हुनेछ । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास गरिएको छ ।
छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरवासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कका दुईवटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।
त्यस्तै लाब्दी गाउँमा पनि घरवास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ । त्यहाँका १३ घरमा घरवास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई आर्थिक समस्याले हैरान हुनुहुन्छ ? शनिदेवको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार